jQuery(document).ready(function($){ //
});

नेपाल प्रहरीले म्यादी प्रहरी भर्ना सम्बन्धमा कुनै सूचना वा विज्ञापन आव्हान नगरिएको स्पष्ट पारेको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णु कुमार के.सी. ले त्यस्तो कुनै भर्ना सम्बन्धी सूचना जारी नगरिएको र सामाजिक सञ्जालमा आएको विवरण झुटो भएको बताउनुभयो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

आज प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै स्थानीय तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने “म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएको पाइएकोले प्रहरी प्रधान कार्यालयबाट हालसम्म त्यस्तो सूचना प्रकाशित/प्रसारित नगरिएको ब्यहोरा प्रेस विज्ञप्तिमार्फत जनाएको छ । 

निर्वाचनका लागि आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना नेपाल प्रहरीको वेबसाइट र सार्वजनिक सञ्चार माध्यममा भविष्यमा प्रकाशित गरिने समेत प्रहरीले जनाएको छ । 

आजै मात्र सामाजिक सञ्जालमा १ लाख १८ हजार म्यादी प्रहरी भर्ना खुलेको भनी समाचार प्रकाशित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय