jQuery(document).ready(function($){ //
});


बिराटनगर, २०७८ फाल्गुन २६ गते ।

सडक दुर्घटनामा परेका घाईतेहरुलाई तत्काल घटनास्थलबाट उद्धार गरी प्राथामिक उपचार गर्न सहयोग पुग्ने अभिप्रायले बिराट नर्सिङहोम बिराटनगरको सहकार्यमा प्रहरीलाई १ दिने प्राथामिक उपचार पद्धती तालिम प्रदान गरिएको छ । बिराट नर्सिङहोमका कार्यकारी निर्देशक ज्ञानेन्द्र बहादुर कार्कीको अध्यक्षता तथा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.को प्रमुख आतिथ्यतामा आज नर्सिङहोमको सभाहलमा सम्पन्न उक्त तालिममा डा.ललित कुमार राजवंशीले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा ट्राफिक प्रहरी तथा जनपद प्रहरीका ३० जना प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.यस तालिमले दुर्घटना स्थलमा खटिने प्रहरी कर्मचारीहरुले दुर्घटनामा परेका घाईतेहरुलाई तत्काल सडकमै प्राथामिक उपचार गरी अस्पताल सम्म पुर्‍याउन थप मद्दत पुग्ने बिश्वास ब्यक्त गर्नु भएको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय