jQuery(document).ready(function($){ //
});

।।कमल कटुवाल, कमल।।

झापाको कमल गाउँपालिका वडा नं. ४, जोगिचौनमा अवस्थित श्री नेपाल दुग्ध उत्पादक सहकारी संस्थाले श्री लाल कल्याण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई सोमबार शैक्षिक सामाग्री वितरण गरेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

संस्थाको स्वीकृत कार्यक्रम अनुसार कार्यक्षेत्र भित्रको विद्यालयका विद्यार्थीलाई बितरण गर्ने भनिए अनुसार यो वर्ष गौरादह नगरपालिका वाड नं. १, पिपल चौकको श्री लाल जनकल्याण आधारभुत विद्यालयलाई छनोट गरिएको हो ।

उक्त शैक्षिक सामाग्री कक्षागतका प्रथम, द्धितीय र तृतीय साथै दलित, गरिब र जेहेनदार तथा विद्यालय प्रथम विद्यार्थीहरुलाई वितरण गरिएको संस्थाका व्यवस्थापक हरि अधिकारीले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपराज लुइटेल रहनु भएको थियो भने अतिथिहरुका रुपमा विद्यालयका प्रधानाध्यापक निर्मला कुमारी पौडेल (बस्नेत), गौरादह नगरपालिका वडा नं. १ का कार्यपालिका सदस्य देवीमाया श्रेष्ठ लगायत विद्यालयका सम्पूर्ण शिक्षकहरु र सहकारीका सञ्चालक समिति, लेखा समिति र अन्य उपसमितिका पदाधिकारीहरु रहनु भएको थियो । कार्यक्रमको उद्घाटन व्यानर वाचन गरेर गरिएको थियो ।

शैक्षिक सामाग्री वितरण कार्यक्रम संस्थाका अध्यक्ष बसन्त पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका शिक्षा संयोजक मकर लावतीले कार्यक्रमको औचित्यबारे प्रष्ट्याउँदै सहभागीलाई स्वागत गरेका थिए भने कार्यक्रम सञ्चालन संस्थाका व्यवस्थापक हरि अधिकारीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय