
नेपालमा अमेरिकी नागरिकको व्यावसायिक बाख्रापालन,उनी भन्छन संभावना भएर नेपाली किन बिदेश जान्छन”- झन्डै ६ बर्ष अगाडी अमेरिकी नागरिका जोडि रायन वार्मुथ उनको श्रीमती म्यागी वार्मुथ नेपाल भ्रमणमा आए। जब नेपाल आए नेपालले यो जोडिलाई मन्त्रमुग्ध बनायो।,”अमेरिकी नागरिकको यो जोडि काठमाडौँ आउने बेलामा नेपालमा कृषि कर्म गर्छु भनेर सोचेका थिएनन् । नेपाल घुम्न आएका जोडि नेपाल आएपछि अमेरिका जान मन लागेन उनी भन्छन्।, नेपाली नागरिकमा हुने सहयोगी भावना, संस्कृती, भेषभुषा भाषाले आफुलाई नेपाल छोड्न मनै लागेन तेसैले नेपाली भाषा सिक्न मन लाग्यो।,”अनि उनी बिश्वभाषा कलेजमा नेपाली भाषा सिक्न लागे करिव तीन बर्ष नेपाली भाषा सिकेपछि कृषि कामको बारेमा चासो बढ्यो उनी भन्छन्।,
अमेरिका पनि उनको परिवारले कहिल्यै खेतीपाती गरेको छैन । नेपाली भाषा पढ्दा हामीलाई नेपालको कृषिको बारेमा एकदमै चाख लाग्यो। यस कारणले मैले ३ बर्ष अगाडी व्यापार दर्ता गरेर अहिले हामीले मज्जाले नेपालमा बाख्रा पालन गर्दै छौं।, मेटेन्सनको अध्यन गरेका उनी कृषि नयाँ नौलो क्षेत्र हो, “तर आट जोस जागर भएपछि अवश्य सफल भइन्छ “उनी भन्छन।,
उनले अहिले आफ्नो नाममा फर्म दर्ता गरेर ललितपुरको गोदावरी धामिटार १ मा व्यावसायिक बोयर जातको बाख्रा पालन गर्दै आएका छ्न।,अहिले बाख्राका पाठापाठी बिक्रीवितरण गर्दै आएका छन। अहिले बाख्रापालन गरेर दुई जनालाई रोजगार दिएका छन। कहिलेकाही अमेरिका जाने गरेको “उनी बताउछन्।, अहिले बच्चा जन्मेको छ, “उसको जन्म दर्ता प्रक्रियाको लागी केही समयमा अमेरिका जान लागेको उनी बताउँछन्।,
“उनी भन्छन्, नेपालमा यत्रो स्रोत साधन भएर पनि युवाहरू कामको खोजीमा बिदेशीको भन्ने सुनेको छु।, अमेरिकामा
भन्दा काम गर्न सजिलो मानिस सहयोगी पाएको उनको अनुभव छ। धेरै नेपाली हाम्रो देशमा गएको देख्छु तेहा काम पाउने बाहिरी देशका नागरिकले सामान्य काम हो। राम्रो कामको लागी त हाम्रै देशका नागरिकले पाएका छैनन् “उनी भन्छन्।, संभावना भएको देशमा आफ्नो देशमा रोजगार नपाएर बाहिरिनु केही कारण होलान तर म यहाँ बस्दा जुन क्षेत्रमा पनि काम गर्न सकिने संभावना देखेको “उनको बुझाई छ।,
घरमा कृषिको काम नगरेका र अनुभव नभएका उनलाई सुरुमा गाह्रो भएको थियो । बिस्तारै कुन बाख्रा पाल्ने कसरी पाल्ने भनेर उनले उनले इन्टरनेटबाट धेरै कुरा सिके । अमेरिका उनका साथी कृषि इन्जिनियर छन्, नजानेको केही कुरा उनलाई सोध्ने गरेका छन् । उनको फार्ममा सरकारी कर्मचारीहरु, विदेशी नागरिकहरु फर्म हेर्न आउँछन् । १० रोपनी हाराहारीमा उनले फर्म संचालन गरेका छन।
उनले बाख्रा गरेर अहिलेसम्म नाफा गर्न सकेका छैनन्।अब बिक्रीवितरण गर्दै गए नाफा लिन सकिने उनी बताउँछन्। अहिलेसम्म लगानी गरियो अब नाफा आउलानी “उनी भन्छन्।, बाख्रा पालन गर्दा लागत धेरै लाग्ने, महँगो जग्गा भाडा र कर्मचारीको तलब । उनले भने–‘नाफा त छैन, धेरै घाटा पनि छैन ।
उनले नेपालमा रहुञ्जेलसम्म यसरी नै बाख्रा पालन गर्ने र अगामी दिनमा नेपालीलाई कृषि तालिम दिएर बिउबिजन दिएर सहयोग गर्ने बताए । कृषि क्षेत्रमा नेपालीको प्रगति गराउन पाए आफूलाई खुसी मिल्ने “उनले बताए।,
विदेशी किसानलाई नेपाल सरकारको सहयोग छैन उनी भन्छन्।,आफू बिदेशी भएका कारण नेपाल सरकारको कृषिका लागि कुनै सहयोग नभएको उनले बताए । उनले भने, ‘हामी विदेशी मान्छेलाई यहाँको सरकारले के सहयोग गर्छ र ? मलाई कतैबाट केही सहयोग छैन । त्यस्तो सहयोग भयो भने अझै राम्रोसँग कृषिको काम गर्न सकिन्छ ।’
अमेरिकामा भने किसानका लागि ब्याज नलिनेगरी ऋण दिने गरेको र एउटा ग्रीनहाउस बनाउने हो भने सरकारले ६ लाखसम्म अनुदान दिने गरेको उनले बताए । यसरी सरकारी अनुदानबाट तरकारी खेती गर्दा ग्राहकले पनि सस्तो तरकारी पाउने गरेका छन् ।
बिहान ५ बजेदेखि राती ११ बजेसम्म निरन्तर काममा खटिने उनलाई फुर्सद कहिल्यै हुँदैन । उनले फुर्सद पाउने समय भनेको दसैँको बिदाको बेला हो । त्यो बेला आफ्ना कर्मचारीहरु घर जाने भएकाले दसैँका बेला उनी नेपालका विभिन्न ठाउँमा घुम्नका लागि जाने गर्छन् । अरु बेला निरन्तर काम गर्ने उनलाई फुर्सद भनेको के हो थाहा छैन । नेपालीलाई कृषिमा सहयोग गर्ने चाहना उनको रहेको उनी बताउँछन्। नेपाल किसानलाई व्यावसायिक खेतिमा लगाउन प्रेरित गर्ने योजना छ ।
तस्वीर तथा जानकारी – रायन वार्मुथ/ ललितपुर