jQuery(document).ready(function($){ //
});

स्वास्थ्य शाखा, दमक नगरपालिकाले यही फागुन २८ गतेदेखि दमकमा हात्तीपाइले विरुद्धको औषधि वितरण गर्ने भएको छ ।

हात्तीपाइलेबाट बचाउन औषधि वितरणको राष्ट्रिय अभियान अन्तर्गत दमकमा पनि वितरण गर्न लागिएको स्वस्थ्य शाखाले जानकारी दिएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने यो रोग कहिल्यै निको नहुने र मानिसलाई अपाङ्गसम्म बनाउन सक्छ । दमकमा पनि हात्तीपाइलेको जोखिम भएकाले औषधि प्रयोग गर्न सम्पूर्णमा शाखाले अनुरोध गरेको छ ।

यसका लागि वार्ड, टोल र घरसम्म तालिम प्राप्त स्वास्थ्यकर्मी र स्वयंमसेविकाहरु आउने छन्। यद्यपि दुई वर्षमुनिका बालबालिका, गर्भवती, सात दिनको सुत्केरी र सिकिस्त बिरामीले यो औषधि खान नमिल्ने स्वास्थय शाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय