
कुमोद अधिकारी
विराटनगर,२८ फागुन ।
विराट राजवंशी समुदायको खानपान, पहिरन, भाषा, संस्कृति संरक्षणका लागि विराटनगरमा ‘विराट राजवंशी महोत्सव मेला’को आयोजना हुने भएको छ।
विराट राजवंशी प्रगतिशिल विकास समिति विराटनगरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी चैत ५ गतेदेखि १५ गतेसम्म महोत्सव आयोजनागर्न लागेको जनाएको छ । विराटनगर–५ मा आयोजना हुने महोत्सवमा समुदायको मौलिक खानपान, भेषभुषा र संस्कृतिक प्रदर्शन गरिने समितिका अध्यक्ष किरण राजवंशीले वताउनुभयो ।
आदिवासी समुदायको रुपमा राजवंशीको संस्कृति पश्चिमाका कारण अतिक्रमा पर्दै गएकोले संरक्षण र उत्थानका लागि महोत्सव आयोजना गर्न लागेको उहाले बताउनु भयो ।
महोत्वमा राजवंशी समुदायका मौलिक खानपान, पहिरन लगायत बालवालिका तथा युवाहरुको मनोरंजनका लागि झुला, रोटेपिङ सांस्कृतिक कार्यक्रम सहित विभिन्न प्रदर्शनीका ६० बटा स्टल रहने छन ।
महोत्वमा नेपाली तथा राजवंशी भाषाका चर्चित गायक सुगम पोखरेल, शिव परियार इन्दिरा जोशी, प्रमोद खरेल, मेलिना राई, प्रवलदिप विश्वास र लक्ष्मण राजवंशीले आफ्ना गीत तथा नृत्य प्रस्तुत गर्नु हुने समितिका सचिव गोपी राजवंशीले बताउनु भयो ।
नेपाल तथा भारतीय सिमावर्तीक्षेत्रकागरि ५० हजार दर्शकले महोत्सव अवलोकन गर्नुका साथै रु ५० लाखको कारोवार हुने आयोजकले जनाएको छ।
महोत्वसव सम्पन्न गर्नका लागि रु ३० लाख खर्च लाग्ने र उक्त रकम समुदायका संकलन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।