jQuery(document).ready(function($){ //
});

कोरियन भाषा परीक्षा (इपिएस टपिक) का लागि आवेदन खुल्ने भएको छ । 

वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले आज सार्वजनिक सूचना जारी गरेर चैत १४ गतेदेखि २१ गतेसम्म आवेदन खुल्ने जानकारी दिएको हो । 

RAWA Hills Town Property

RAWA Hills Town Property

१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले अनलाइनमार्फत आवेदन दिन पाउनेछन् । कोरियामा गई काम गर्न इच्छुक नेपालीका लागि भाषा परीक्षाको आवेदन खुल्न लागेको हो ।  

वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले परीक्षा तालिका पनि सार्वजनिक गरेको छ । जस अन्तरगत कृषि तथा पशुपालन क्षेत्रको पहिलो भाषा र सीप परीक्षण परीक्षा २०७९  वैशाख २९ गतेदेखि १३ जेठसम्म तथा दोस्रो परीक्षा जेठ २४ गतेदेखि १६ असारसम्म हुनेछ भने उत्पादनमूलक क्षेत्रको पहिलो भाषा परीक्षा तथा सीप परीक्षण परीक्षा  असार २० गतेदेखि भदौ १० गतेसम्म   र दोस्रो परीक्षा १६ भदौदेखि २१ असोजसम्म हुनेछ ।  

सार्वजनिक सूचना अनुसार उत्पादनमूलक क्षेत्रमा पढाई र सुनाई गरी १०० पूर्णाङ्कको परीक्षामा उत्तीर्ण हुन कम्तीमा ५५ अङ्क ल्याउनुपर्नेछ।  ९० पूर्णाङ्कको कृषि तथा पशुपालन क्षेत्रमा उत्तीर्ण हुन कम्तीमा ३६ अङ्क ल्याउनुपर्नेछ।

परीक्षा शुल्क २४ डलर तोकिएको छ। परीक्षा केन्द्र र परीक्षा समय सार्वजनिक भइसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय