jQuery(document).ready(function($){ //
});


३० फागुन । दमक
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन दमक नगर नगर कमिटिले दमक गेल्डकपको प्रवेश शुल्कमा विद्यार्थीलाई ५० प्रतिशत छुट उपलब्ध गराउन माग गरेका छन् ।
अनेरास्ववियु दमक नगर कमिटिका अध्यक्ष क. तपस दुलालले विद्यार्थीका हकहितमा हामी बोल्दै र काम गर्दै आएका छौं, हाम्रै दमकमा यस्तो विशेष र भव्य कार्यक्रममा विद्यार्थीलाई जोड्न आवश्यक छ त्यसका लागि विद्यार्थीलाई उत्साहित बनाउन पनि हामीले प्रवेश शुल्कमा ५० प्रतिशत छुट उपलब्ध गराउनु पर्छ भन्दै आफ्नो तर्क दिनुभएको थियो ।
आयोजक दमक नगर खेलकुद विकास समितिका अध्यक्ष भिमराज चम्लागाँइलाई दमक नगरपालिकामा ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियुले विद्यार्थी वास्तवमा धेरै पैसा कमाउने र खर्च गर्न सक्ने अवस्थाका हुँदैनन् भन्ने कुरा हामी सबैले बुझेर गोल्डकपको आयोजनाका विषयमा छलफल सँगै ति सवालको सम्बोधनका निम्ति काम गर्नुपर्ने धारणा राखेका थिए ।
ज्ञापन पत्र ग्रहण गर्दै अध्यक्ष चम्लागाँईले तपाईहरुले उठाउनु भएको विद्यार्थीको सवाल उचित छ, हामी यस विषयमा छलफल गरी केही निष्कर्षमा पुग्छौं भन्दै सहभागी विद्यार्थीहरुलाई यो गोल्डकप सफल बनाउनका लागि आ-आफ्ना क्षेत्रबाट सक्दो सहयोग गर्न पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा अनेरास्ववियु झापा जिल्ला कमिटि सहसचिव बालचन्द्र कार्की, दमक बहुमुखी क्याम्पस कमिटिका अध्यक्ष भिजन चेम्जो∙ लगायत विद्यार्थीको र सँगै दमक नगर खेलकुद विकास समितिका सदस्य सचिव डम्वरराज बरालको पनि उपस्थिति रहेको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय