jQuery(document).ready(function($){ //
});

मधुमल्ला÷मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ६ पाण्डे चोकमा मङ्गलबार एक ग्वालीमा आगलागि हुदाँ करिब चारलाख बराबरको क्षती भएको छ । मिक्लाजुङ गाउँपालिका वार्ड नं. ६ स्थिति स्थानीय नन्द बहादुर बुढाथोकिको ग्वाली आगलागि भइ पुर्ण क्षति भएको बताइएकोे छ । सोहि घटनामा ग्वालीमा बाधेर राखेका ५ वटा बाख्रा मध्यो २ वटा जलेको तथा अन्य ३ वटा घाइते भएको इलाका प्रहरि कार्यलय मधुमल्लाका सहायक निरिक्षक नेत्र चौलागाइंले जानकारी दिनु भयो ।
 ग्वालीमा कुंडो पकाउँदा बालेको आगोको केहिभाग बाँकि रहेको र त्यहिँबाट आगोको झिल्कालाई हुरिबतासले पैmलाएर उत्त घटना भएको हुन सक्ने प्रहरिको अनुमान छ ।  सोहि घटनामा काठ, थन्काएर राखेको पराल पुर्ण नस्ट भएको तथा सँगै जोडिएको घरमा आंशिक क्षति सहित अन्य गरि तीनलाख पचहत्तर हजार बढीको क्षति भएको वडा नं. ६ का वडाध्यक्ष बुद्धिलाल निरौलाले जानकारि दिनु भयो ।

बिहान करिब ९ बजे पैलीएको आगो कानेपोखरि नगरपालिका र उर्लाबारि नगरपालिकाका एकएक गरि २ बटा बरुणयन्त्र तथा स्थानीय बासिको सहयोगमा नियन्त्रणमा लिएको थियो । 

RAWA Hills Town Property

RAWA Hills Town Property

धेरै जस्तो आगलागिका घटना हावाहुरि तथा सुख्खा याममा यस्तौ लापारबाहिको कारणले मिक्लाजुङका धेरै ठाउँमा घटेका उदाहरण भेटिन्छन । त्यसैले आगोबाट सचेत रहन जरुरी रहको स्थानीयको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय