
झापाको दमकमा `दमक गोल्ड कप´को दोस्रो सस्करण २०७८ चैत्र ९ गते देखी १८ गते सम्म हुने भएको छ।
आज पत्रकार सम्मेलन गर्दै कोरोना महामारीले दुई वर्ष रोकिएको गोल्डकप यस वर्षदेखि सुरु गर्न लागिएको जनाइको हो ।
दमक ३ स्थित प्रस्तावित मदन भण्डारी रङ्गाशालामा हुने प्रतियोगीतामा नेपाल र भारतका गरि १० टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ।
गोल्डकपमा मछिन्द्र क्लव काठमाडौ, नेपाल पुलिस क्लव काठमाडौ, त्रिभूवन आर्मी क्लव काठमाडौ, मनाङ मर्याङदी क्लव काठमाडौ, फ्रेण्ड्स क्लव काठमाडौ, एमिमियर फुटबल क्लव क्यामरुङ अफ्रिका, मानेभञ्ज्याङ फूटबल क्वल दार्जिलिङ भारत, दुर्गापुर स्टिल क्लव कलकत्ता भारत , बागमती यूवा फूटबल क्लव सर्लाहि ,र आयोजक दमक ११ सहभागी हुने आयोजकले जनाएको छ ।
१९ चैतसम्म चल्ने मोफलसलकै सर्वाधिक पुरस्कार राशी भएको दमक गोल्ड कपको दोस्रो संस्करणको बिजेताले नगद १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ हजार रुपैयाँ प्राप्त गर्ने दमक नगर खेलकुद विकास समितिका अध्यक्ष भीमराज चाैलागाईंले जानकारी दिए ।
त्यस्तै उनले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल र सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाइ नगद २१ हजार पुरस्कारको व्यवस्था गरिएको बताए ।