jQuery(document).ready(function($){ //
});


आज मिति २०७८ चैत्र १ गते, मंगलबार मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यूको नेतृत्व गएको टोलीले नेपाल राष्ट्र बैंक विराटनगर शाखाका प्रमुख श्रीमती मीना पाण्डेज्यू समक्ष मोरङ्ग, सुनसरी औद्योगिक करीडोरका उद्योगी व्यवसायीहरुले हाल मुलुकको तरलताको अभावलाई न्यूनीकरण गर्न बैंकको चर्को ब्याजबृद्धिलाई रोक्न संस्थागत निक्षेपको ब्याज दर ६ प्रतिशत कायम गर्नु पर्ने माग गर्नुभएको थियो ।

सरकारले अहिले सम्म पूँजीगत खर्च करिब २० प्रतिशत सम्म मात्र खर्च हुनु सरकारको निरिहपन देखिन्छ भने अर्कातर्फ कूल निक्षेपको १८ अर्बजति संस्थागत निक्षेप रहेको र त्यस्तो निक्षेपमा बैंकहरुले ब्याजबृद्धि गरी ११ प्रतिशत कायम हुनुले यस्ता किसिमका अनुत्पादक क्षेत्रमा गरिएको लगानीले अझ भयावह स्थिति ल्याउन मद्दत पुर्याएको छ तसर्थ यसलाई अधिकतम ६ प्रतिशतमा ल्याई ऋणको ब्याजलाई एकल विन्दुमा ल्याउन संघका अध्यक्ष श्री नवीन रिजालज्यूले बताउनु
भयो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

धर्ना कार्यक्रममा महँगीको मार, सरकार बनौँ जिम्मेवार, अचाक्ली महँगी नियन्त्रण गर, संस्थागत निक्षेप व्याजदर ६५ कायम गर, उद्योग÷व्यवसायलाई एकल अंकको व्याजदर कायम गर, स्वदेशी उद्योगको संरक्षण गर, लगानीमैत्री वातावरण श्रृजना गर, उत्पादनमुलक उद्योगलाई बैंक ऋण सहज गर, स्वदेशी लगानी प्रोत्साहन गर लगायतका नारा सहितको प्ले कार्ड लिएर गएका संघका अध्यक्ष श्री नवीन रिजालज्यू, निवर्तमान अध्यक्ष श्री प्रकाश मून्दडाज्यू, पूर्वअध्यक्ष श्री महेश जाजूज्यू, पूर्वअध्यक्ष श्री पवन कुमार सारडाज्यू लगायत पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु, महिला उद्यम समितिज्यू लगायतहरु उद्योगी व्यवसायीज्यूहरुले मागको सम्बोधन गर्नकालागि अनुरोध गरेका थिए ।

संघका पूर्वअध्यक्षज्यू एवम् कार्यसमितिज्यूहरुको लगायत मोरङ्ग सुनसरी औद्योगिक करिडोरका उद्योगी व्यवसायी र पत्रकार सहित गएको टोलीले नेपाल राष्ट्र बैंक, विराटनगरका निर्देशक श्रीमती मीना पाण्डेज्यूलाई विज्ञप्ती बुझाउन संघको अगुवाईमा गएका उद्योगी÷व्यवसायीहरुको ज्ञापन पत्र बुझ्न अनुरोध गर्दा नमाने पछी प्लेकार्ड सहित सहभागी उद्योगी÷व्यवसायीहरु र पत्रकारहरुप्रति सुरक्षानिकायवाट अभद्र व्यवहार हुँदा पनि सम्यमता अपनाई सभ्य तरिकाले आन्दोलित सहभागीहरु नेपाल राष्ट्र बैंकको मूलगेटमा १ घण्टा धर्ना प्रदर्शनमा बसे पश्चात निर्देशक श्रीमती मीना पाण्डेज्यू मूल गेटमा आई ज्ञापन पत्र बुझेकी थिईन । उक्त ज्ञापन पत्र सरोकारवालाई निकायसम्म पु¥याउन अनुरोध गर्दै यस विषयलाई समयमा निराकरणको मार्ग तर्फ नगए आगामी दिनमा शान्ती पूर्ण चरणवद्ध आन्दोलन गर्र्ने अध्यक्ष श्री नवीन रिजालज्यूले बताउनु भयो ।

मोरंग सुनसरी करिडोरका उद्योगी व्यवसायीहरु राज्य नीति विरुद्ध सडकमा आउनु भनेको देशको भयावह अवस्थालाई चित्रण गर्दछ तसर्थ सरकारले समयमा नै अहिलेको अवस्थाप्रति गम्भीर हुन जरुरी रहेको संघका निवर्तमान अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूले बताउनु भयो ।

छिमेकी देश भारतमा दुई वर्ष अगाडी १४ प्रतिशतको ब्याज ७ प्रतिशत कायम भएको तर नेपालमा भने ७ वाट १४ प्रतिशत पुग्ने अनुमान लगाउन सकिन्छ साथै अर्थ मन्त्री जनार्दन शर्माले ब्याजबृद्धिको खेल आफूले पनि बुझ्न नसकेको भन्नु कति सान्दर्भिक र शोभनीय छ हामी आफैं अनुमान लगाउन सकिन्छ भन्दै संघका पूर्व अध्यक्ष श्री महेश कुमार जाजुले बताए ।
त्यसैगरी संघका पूर्व अध्यक्ष श्री पवन कुमार सारडाज्यूले, अहिलेको तरलताको अभाव सँगै बैंकको ब्याजबृद्धिले समग्र अर्थतन्त्र सिथिल हुन पुगेको छ । संघका तर्फवाट हामीले विगत देखि वर्तमान समयमा पनि ब्याजदर घटाउने उपायहरु सरकार र राष्ट्र बैंकलाई सुझाव सहित दिएतापनि अहिले सम्म पनि त्यस प्रति कहि कतैवाट कुनै सकारात्मक संकेत नआउनु, नदेखिनु सरकारको लाचारीपन देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय