
राष्ट्रिय एकता पार्टी,नेपालले आज दमकमा कार्यक्रम गरि केन्द्रिय समिती घोषण गरेको छ।
घोषित केन्द्रिय समितीका अध्यक्ष प्रेमदिप थाम्सुहाङ रहेका छन भने उपाध्यक्षदय आकाश लामा र लालित बहादुर आले,महासचिव दिपेश पालुङ्वा,उपमहासचिबदय गंगा लावती,सुक बहादुर लिम्बू,सचिबदय राम कुमार लकान्द्री,तारा थलङ,सहसचिबदय रन्जित ताजपुरिया,चैतन्य प्रकाश केदेम,अर्थसचिब मन कुमारी पन्धाक सहित ४५ सदस्य घोषण गरेका छन।

उक्त कार्यक्रमको प्रमुख अतिथ्य समाजसेवी भक्त खेवाङ,सभापति प्रेमदिप थाम्सुहाङ,कार्यक्रम संचालन भने दिपेश पालुङवाले गरेका थिए।
उक्त घोषण कार्यक्रममा गाउँपालिका र नगरपालिका साथै प्रदेश बिस्तारको लागि पनि विभिन्न व्यक्तिहरुलाइ जिम्मेवारी प्रदान गरिएको थियो।जसमा कमल गाउँपालिकाको लागि शेर बहादुर आङदेम्बे,चुलाचुली गापाको लागी नरेश माङमु,दमक नपाको लागि बुद्धिमान इङनाम, शिबसताक्षी नपाको लागि आशोक थाम्सुहाङ र १ नं.प्रदेशको जिम्मेवारी सुबास माङलकलाइ प्रदान गरेका थिए।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रेम दिप थाम्सुहाङले आउदो स्थानिय चुनाबमा गठबंधन गरेर या त स्वतन्त्र उठेर जसरी भएपनी उम्मेदवार खडा गरि राष्ट्रिय एकता पार्टी नेपालको हैसियतमा यस चुनाबलाइ उपयोग गर्ने बताए।

निर्वाचन आयोगमा चाडो भन्दा चाडो दल दर्ता गर्ने साथै दल दर्ता गर्न आवश्यक सम्पुर्ण कागजात पत्रहरु निर्माण गर्न केन्द्रिय अध्यक्ष प्रेमदिप थाम्सुहाङलाई जिम्मेवारी प्रदान गरेको समेत जानकारी महासचिब दिपेश पालुङवाले बताए।