
पहिलो पाइला नेपाल दमक साखा द्वारा झापा र मोरङ को संगम स्थान दमक वार्ड नम्बर 3 स्थित मावा खोलाको किनार अर्थात झापा दमक र मोरङ को मधुमल्ला जोड्ने सिमाना मा स्वागत बोर्ड स्थापना गरेको छ। आजको कार्यक्रम को प्रमुख अतिथी दमक उधोग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्का रहनुभएको थियो भने विशेष अतिथी को रुपमा इलाका ट्राफिक प्रहरी कार्यलय दमक का सन्तोस पाण्डे रहनुभएको कार्यक्रम को अध्यक्षता सस्थाका अध्यक्ष दिपक खडका ले गर्नुभएको थियो।