
कुमोद अधिकारी
चैत ५ शनिवार
भाषकला संस्कृति संरक्षणगर्दै स्थानिय पयंटन प्रर्वद्धनगर्ने उदेश्यले विराटनगरमा आजदेखि ‘विराट राजवंशी महोत्सव–२०७८ शुरु भएको छ
विराट राजवंशी प्रगतिशिल विकास समितिको आयोजनामा विराटनगर– ५ स्थित कोचाखालमा महोत्सव शुरु भएको हो । महोत्सवको विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले उद्घाटन गर्नुभयो ।
सो अवसरका वोल्नुहुर्दै मेयर पराजुलीले राजवंशी समुदायको आफनो छुटै पहिचाना रहेकाले आफनो भाषा, कला सस्कृति संरक्षणमा यस्ता महोत्स उपयोगी हुने वताउनुभयो । मेयर पराजुलीले महोत्सले सवै जाती समुदायलाई जोडने भएकालेपनि महोत्वसव सफल वनाउन महानगरको सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
आजदेखि शुरु भएको सो महोत्समा चैत १५ गतेसम्म संचालन हुने छ आदिवासी समुदायको रुपमा राजवंशीको संस्कृति पश्चिमाका कारण अतिक्रमा पर्दै गएकोले त्यसको संरक्षण र उत्थानका लागि महोत्सव आयोजना गरिएको समितिका अध्यक्ष किरण राजवंशीले वताउनुभयो ।
महोत्वमा राजवंशी समुदायका मौलिक खानपान, पहिरन लगायत बालवालिका तथा युवाहरुको मनोरंजनका लागि झुला, रोटेपिङ सांस्कृतिक कार्यक्रम सहित विभिन्न प्रदर्शनीका ६० वटा स्टल राखिएका छन ।
महोत्वमा चर्चित गायक सुगम पोखरेल, शिव परियार इन्दिरा जोशी, प्रमोद खरेल, ज्योती मगर, मेलिना राई, प्रिती आले, प्रकाश सपुत, अनु चौधरी प्रवलदिप विश्वास र लक्ष्मण राजवंशीले आफ्ना गीत तथा नृत्य प्रस्तुत गर्नु हुने जनाइएको छ ।
नेपाल तथा भारतीय सिमावर्तीक्षेत्रकागरि ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने र महोत्सवमा ५० लाख वढिको कारोवार हुने आयोजकले जनाएको छ।
महोत्वसव सम्पन्न गर्नका लागि रु ३० लाख खर्च लाग्ने र उक्त रकम समुदायका संकलन गरिएको जनाइएको छ । दुईवर्ष देखि कोरोनाका कारण आम मानिसमा पु¥याएको पिडालाई कमगर्न महोत्सव उपयोगी हुने समितीका अध्यक्ष किरण राजवंशीले वताउनुभयो ।