
मोरङको लेटाङमा भएको घटनामा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
एक महिला प्रहरीको ज्यान जानेगरी आइतबार भएको घटनापछि प्रहरीले सोमबार बिहान पाँच जनालाई पक्राउ गरेको हो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार एक महिला प्रहरीको ज्यान जानेगरी भएको आइतबारको झडपपछि स्थिति तनावपूर्ण बनेकाले मोरङको लेटाङ ५, खेरुवा N जिल्ला प्रशासन कार्यालय मोरङले कफ्र्यू लगाइएको छ ।
होली खेल्ने क्रममा खेरुवा स्थित सामाजिक शिक्षाका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत एक १२ वर्षीया बालिकालाई यौन दुव्र्यवहार प्रयास गरेको विषयमा शिक्षक र अविभावकको आइतबार साँझ बसेको बैठकमा स्थानीयले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास गरेपछि त्यसलाई नियन्त्रण गर्न परिचालन गरिएका सुरक्षाकर्मीमाथि आक्रोशित स्थानीयले प्रहरीमाथि आक्रमण गरेका थिए । आक्रोशित भिडको आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । पाँचजनालाई पक्राउ गरी अुनसन्धान सुरु गरिएको छ भने अन्यको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।