jQuery(document).ready(function($){ //
});

मोरङको लेटाङ नगरपालिका वडा नम्बर ५ मा आइतवार आक्रोशित समूहको खुकुरी प्रहारबाट मृत्यु भएकी प्रहरी जवान उर्मिला श्रेष्ठ परिवारकी एक्ली छोरी भएको खुलेको छ । लोकसेवा आयोगको परीक्षामा असफल भएपछि उनले ३ वर्षअघि प्रहरी जवानमा जागिर खाएकी थिइन् । मृतक उर्मिलाका मामाका छोरा विष्णु श्रेष्ठका अनुसार उनका दाजु पनि प्रहरी सेवामै छन् । दाजु भुवन असई पदमा मोरङमा कार्यरत छन् । खोटाङ माइती घर भएकी उर्मिलाको विवाह उदयपुरमा भएको विष्णुले बताए । उनको विवाह भएको लामो समय भएको छैन । श्रीमान् पनि प्रहरी सेवामै कार्यरत रहेको विष्णुले बताए । इलाममा कार्यरत उनी श्रीमतीको मृत्युको खबरपछि राति नै विराटनगर आइपुगेका छन् । बहिनीको मृत्युपछि दाजु भुवन अर्थचेत अवस्थामा रहेको उनका सहकर्मीहरूले जनाएका छन् ।उर्मिलाका बुवाआमा छोरीको अन्तिम संस्कारका लागि विराटनगर आउँदै छन् । उनको शव कोशी अस्पतालमा राखिएको छ । मृतकका परिवार शोकमग्न अवस्थामा कोशी अस्पतालमा भेला भएका छन् । कोही पनि बोल्न सक्ने अवस्थामा देखिन्नन् । लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्रालाई शुक्रवार यौन दुव्र्यवहार गरेको घटना सार्वजनिक भएसँगै दिउँसो १ बजेतिर आक्रोशित गाउँलेले विद्यालय घेरेका थिए । आक्रोशित भीडले आरोपी शिक्षकलाई विद्यालयबाहिर निकालेर कुटपिट गर्न खोजेपछि अवस्था नियन्त्रण बाहिर गएको थियो । विद्यालय तनावग्रस्त बनेपछि प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको थप टोली सुरक्षाका लागि त्यहाँ पुगेको थियो । स्थानीय जनप्रतिनिधि पनि विद्यालय प्रवेश गरेको समयमा आक्रोशित भीडले विद्यालयमा तीनवटा मोटरसाइकलमा आगजनी गरेको थियो । त्यसक्रममा भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठलाई प्रदर्शनकारीले खुकुरी प्रहर गरेका थिए ।उनलाई तत्काल उपचारका लागि कोशी अस्पताल लगिए पनि आइतवार राति १०ः५० बजे अस्पतालले मृत घोषित गरेको प्रदेश प्रहरी कार्यालयका एसपी नवीन राईले बताए । घटनामा २९ प्रहरी र ७ आन्दोलनकारी घाइते भएका छन् । उनीहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घटनामा मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जीसीसहित समेत घाइते भएका थिए । उनको छाती र हातमा चोट लागेको छ । लेटाङमा सोमवार बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरिएको छ । अर्काे निर्णय नभएसम्मलाई कर्फ्यु घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय