jQuery(document).ready(function($){ //
});

चैत ९ गते बुधबारबाट सुरु हुने दमक गोल्ड कपको तयारी पुरा भएको मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ ।
गोल्ड कप २०७८ हुने दमक ३ स्थित दुम्सेको प्रस्तावित मदन भण्डारी रङ्गाशालामा ७ हजार क्षमताको प्याराफिट बनिसेका छन् ।

प्रवेश शुल्क १ सय र २ सय रुपैँया राखीएको प्रतियोगीतामा दैनिक ३ हजारको हाराहारीमा खेल हेर्न दर्शक आउने अपेक्षा गरिएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतियोगीतामा मछिन्द्र क्लव काठमाडौ, नेपाल पुलिस क्लव काठमाडौ, त्रिभूवन आर्मी क्लव काठमाडौ, मनाङ मर्याङदी क्लव काठमाडौ, फ्रेण्ड्स क्लव काठमाडौ, एमिमियर फुटबल क्लव क्यामरुङ अफ्रिका, मानेभञ्ज्याङ फूटबल क्वल दार्जिलिङ भारत, दुर्गापुर स्टिल क्लव कलकत्ता भारत, बागमती यूवा फूटबल क्लव सर्लाहि र आयोजक दमक ११ प्रतियोगीतामा सहभागी हुने छन् ।

प्रथम पुरस्कार नगद १३ लाख ११ हजार पुरस्कार राशी भएको दमक गोल्ड कप २०७८ चैत्र ९ गते देखी १८ गते सम्म हुने छ । प्रतियोगीताको द्धितिय हुने टिमले ६ लाख ११ हजार, प्राप्त गर्ने छ भने विभिन्न विधागत विजेता तथा उत्कृष्ट खेलाडीलाई पनि २१ हजार माथीको पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय