jQuery(document).ready(function($){ //
});

लेटाङ, १० चैत । मोरङको लेटाङमा कर्फ्यू हटेको छ । स्थानीय प्रशासनले कर्फ्यू हटाएको हो । लेटाङ कर्फ्यू हटेसँगै फेरी अर्को दु:खद घटना भएको छ ।
लेटाङ नगरपालिका–६ कि १७ बर्षीया किशोरी सुनिता वाइबा तामाङ मृत अवस्थामा फेला परेकी हुन् ।
उनी पनि लेटाङ ५ मा रहेको शिक्षा विकास माविमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी रहेको प्रहरीले बताएको छ ।आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । घटनास्थलमा अहिले प्रहरीले थप आवश्यक कानुनी प्रक्रिया पुरा गर्दै शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी गरिरहेको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

गत आइतबार मात्र सोही विद्यालयका एक शिक्षकले सोही विद्यालयकी एक छात्रालाई यौन दुव्र्यवाहार गरेको आरोपमा सुरु भएको लफडाले उग्र रूप लिँदा एक महिला प्रहरी जवानको ज्यानै समेत गएको थियो । उक्त घटनापछि लेटाङमा सोमबार बिहानबाट लगाइएको कर्फ्यु आज बिहानदेखि पूर्ण रूपमा हटाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय