
भाषा, साहित्य, कला, संस्कृति र खेलकुदको विकास, संरक्षण र सम्बर्द्धन गर्न जनस्तरबाट वि.स. २०५२ पौष २ गते साहित्य कला सङ्गम दमक स्थापना भएको हो ।
उपर्युक्त विधाहरुको श्रीवृद्धि गर्न योगदान पुयाउनु हुनेहरुलाई पुरस्कृत गर्ने उद्देश्यले वि.स. २०७४ सालमा भवानी मिश्र पुरस्कार र साहित्य कला श्रीपुरस्कार स्थापना गरिएको हो ।
यी पुरस्कारहरु वि.सं. २०७५ सालदेखि विभिन्न राष्ट्रिय एवम् अन्तराष्ट्रिय नेपाली स्रष्टाहरुलाइ प्रदान गरिदै आएको छ ।
गत २०७७ सालमा कोभिड १९ को महामारीको कारणले कार्यक्रम आयोजना गर्न नसकिएको कुरा अवगत गराउँदै २०७८ को लागि मिति २०७८/११/५ मा बसेको पुरस्कार छनौट उपसमितिको बैठकले सिफारिस गरेका स्रष्टाको नामहरूलाई मिति २०७८/११/६ मा बसेको साहित्य कला सङ्गम दमकको बैठकले आवश्यक छलफलसहित अनुमोदन गरी तपसिल अनुसारका साहित्यकार /कलाकारज्यूहरुलाई सम्मान गरिने संस्थाका अध्यक्ष नरपति पाण्डेले जानकारी दिनु भयो।
तपसिल:
(क) श्री नरबहादुर दाहाल, दार्जिलिङ, भारत (भवानी पुरस्कार)
(ख) श्री चन्द्रप्रसाद न्यौपाने, सिन्धुपाल्चोक, नेपाल (भवानी पुरस्कार)
(ग) श्री दक्षराज शर्मा दाहाल, दमक,झापा, नेपाल (साहित्य कला श्रीपुरस्कार)
(घ) श्री चन्द्र भण्डारी, धुलाबारी, नेपाल (भवानी पुरस्कार
(ङ) श्री टीका आत्रेय इटहरी सुनसरी, नेपाल (भवानी पुरस्कार)
(च) श्री जे.बि. थुलुङ्ग, बेलबारि, मोरङ्ग, नेपाल (भवानी पुरस्कार)
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय गंगाप्रसाद उप्रेतीज्यूको प्रमुख अतिथ्यतामा मिति २०७९ साल वैशाख १७ गते शनिवारका दिन दमकमा पुरस्कार अर्पण गर्ने निर्णय भएको कुरा संस्थाले प्रेस सम्मेलन गरि जानकारी दिएको छ।