jQuery(document).ready(function($){ //
});

दमक / नेपाल समावेशी पार्टी प्रदेश १ले, चुनाव नजिकिँदै गर्दा पार्टीकाे हितका लागि विभिन्न कार्यहरुकाे बारेमा तय गरेकाे, पत्रकार सम्मेलन मार्फत जानकारी दिएकाे छ ।

नेपाल समावेशी पार्टीले दमकमा पत्रकार सम्मेलन गर्दै आजबाट दमक ८ मा जनता कार्यकर्ताहरुकाे सहजिकरणका लागि प्रदेश कार्यलय स्थापना गरिएकाे र देश, जनता र पार्टीकाे हितका निम्ति प्रदेश प्रमुख पार्टी केन्द्रीय सदस्य चन्द्र बिर लिम्बू माङ्गलाकाे संयाेजकत्व रहने गरि “वीर गाेर्खाली” नामक फाैज काे बिस्तार गरिएकाे र साे फाैजमा भर्ना हुने ईच्छुकले देश प्रतिकाे माया भएकाे र देशद्राेही नेताहरु जहाभेटिन्छ त्यहि ठाेक्न सक्ने नेपाली सेनामा अवकाश प्राप्त, ससस्त्र प्रहरीमा अवकाश प्राप्त, नेपाल प्रहरी बाट अवकाश प्राप्त, वीर गाेरखाली( ब्रिटिस आर्मी र ईन्डियन आर्मी ) हरुले नेपाली नागरिकता सहित कार्यलयमा सम्पर्क गर्न अग्रह गरेकाे छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

कार्यक्रममा आउदाे चुनावका लागि कमल गाउँपालिका वडा नम्बर ५ लागि वडा अध्यक्षमा पार्टीका केन्द्रीय सदस्य समेत रेहेका राम बहादुर थापा, वडा नम्बर ५ मा खुल्ला तर्फबाट महिला सदस्य सुप्रिया बजगाई, वडा नम्बर ६ बाट वडा अध्यक्षमा सुनिल राई, वडा नम्बर ६ बाट सदस्यमा सुनिता राई, लगायतको उम्मेदवारी रहने प्रदेश प्रमुख चन्द्र बिर लिम्बू माङ्गलाले जनाएका छन् ।

पत्रकार सम्मेलनमा आउदाे चुनावमा राष्ट्रिय प्रजातान्त्रिक पार्टी र नेपाल समावेशी पार्टीकाे एकता हुने सम्भावना समेत रहेकाे केन्द्रीय सदस्य राम बहादुर थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय