jQuery(document).ready(function($){ //
});

दमक,चैत १२
झापाको दमकमा दक्षिण कोरियाको लोकप्रिय मदिरा ‘सान सोजु’ को आधिकारिक विक्रेता के एन साराङ्ग सप्लायर्सको शुभारम्भ गरिएको छ ।

सप्लायर्सले आज दमक ८ स्थित सेतुमारी सडक खण्डमा एक कार्यक्रमका बीच सान सोजु मदिराको आधिकारिक थोक तथा खुद्धा विक्री केन्द्रको शुभारम्भ गरेको हो । दमक उधोग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले सान सोजुको थोक तथा खुद्धा विक्री केन्द्रको रिबन काटेर शुभ मुर्हत गर्नु भएको हो । पसलको शुभ मुर्हत पछि कोरियाको पेय प्रदार्थ सान सोजु को मात्र विकी वितरण हुने सप्लायर्सका सञ्चालक राजु सन्तोषी थापाले बताउनु भयो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

श्री न्यु एभरेष्ट डिष्टीलरी उद्योग प्रालि, वि.जे. इन्भेष्टमेण्ट नेपालको सहकार्यमा नेपालमा नै सोजु उत्पादन तथा विक्रि बितरण हुने थापाले बताए । कोरियाको लोकप्रिय मदिरा लाई हिमाल र पहाडको नाम ले सम्बोधन गर्दै ‘सान सोजु’ नामाकरण दक्षिण कोरियाको सबैभन्दा लोकप्रिय मदिराजन्य पेय पदार्थ सोजु त्यहाँका राष्ट्रपतिदेखि सामान्य कामदार सबै तह र तप्काका कोरियनहरुले सेवन गर्ने बाँके कोहलपुर स्थित न्यु एभरेष्ट डिष्टीलरी उद्योग प्रालि, वि.जे. इन्भेष्टमेण्ट नेपालको सहकार्यमा उत्पादन गरिरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय