
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिका मधुमल्लामा रक्तादान कार्यक्रम सम्पन्न भएको छ । शनिबरा मधुमल्ला बजार चोकमा भएको रक्तदान कार्यक्रममा ५५ पिन्ट रगत संकलन भएको लायन्स क्लब अफ मधुमल्लाका प्रथम अध्यक्ष अमृतकुमार श्रेष्ठले बताउनु भयो ।
पछिल्लो समय अस्पतालहरुम भईरहेको रगत अभाबलाई कम गर्न सहयोग पु¥याउने उदेश्यका साथ कार्यक्रमको आयोजना गरीएको बताईएको छ । तिन वटा लायन्स क्लबहरु मधुमल्ला,दमक युनाइटेड, दमक डाइनामिक र ंंंंंंलियो क्लब अफ दमक युनाइटेडको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रम सम्पन्न भएको बताइएको छ ।
रक्तदान कार्यक्रमलाई प्रविधीक सहयोग रेडक्रस बिराटनगर र उलाएबारीले गरेको थियो । रक्तदान कार्यक्रमका प्रमुख अतिथि मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले लायन्स क्लबहरुले मानविय सेवा लाई ध्यानमा राखी रक्तदान जस्तो पवित्र कार्यक्रम गरेकोमा खुसी व्यक्त गर्नु भयो । साथै लयन्स क्लबहरुले मधुमल्ला क्षेत्रमा बिभन्न प्रकारका मानविय सेवाका कार्यहरु गरिरहेको उल्लेख गर्दै । मिक्लाजुङ गाउँपालिले यस प्रकारका मानविय सेवाका कार्य गर्न समन्वय गर्ने बताउनु भयो । रक्तदान कार्यक्रममा जोन चियर पर्शन तुलसीराम तिम्सीना, रिजन चियर पर्शन रोषन बुढाथोकी, इम्प्याक्ट एरीया इन्चार्ज ज्ञाननाथ पौडेल, लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम लायन्स क्लब अफ मधुमल्लका अध्यक्ष कोमल प्रसाद ढकाललको अध्यक्षतामा सम्पन्न भएको थियो ।