
कुमोद अधिकारी। विराटनगर
चैत १२ शनिवार
मोरङको रतुवाखोलादेखी विराटगरको केशलिया खोलासम्मको ४४ किलोमिटर हुलाकी सडक खण्डको अहिले सम्मको भौतिक प्रगती २० प्रतिशत मात्र छ ।
२०७६ साल कार्तिक महिनामा ठेक्का समझौता भएको चारलेनको उक्त सडक २०७९ साल कार्तिक २३ गतेभित्र अर्थात अवको साढेसात महिना भित्र सम्पन्न गर्नुपर्ने हुन्छ । तर मोरङका ४४ किलोमिटर े हुलाकी सडकखण्डमा साढे चार किलोमिटर मात्र कालोपत्रे भएको छ । वाकी सडकमा सडकको दायावाय नाला वनाउने काम भइरहेको छ रंगेली स्थित सडकमा केहि किलोमिटर कालोपत्रे भएको छभने वाकी सडकमा सडक विस्तार र ड्रेन वनाउने काम भइरहेको छ ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको हुलाकी सडक निर्माणका लागी उपलव्ध वजेटमध्ये ८० प्रतिशत वजेट खर्च भइसकेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले जनाएको छ । केन्द्रिय सरकारवाट पटकपटक गरि वजेट आउने र आवश्यकता भन्दा थौरै वजेट आउने गरेकाले हुलाकी सडकको काममा डिलाई हुने गरेको सो योजनाले जनाएको छ । आवश्यक वजेटको अभावमा कामले गतिलिन नसकेको योजना प्रमुख विजयकुमार थापाको भनाई छ । ८० प्रतिशत उपलव्ध वजेट सकिएको र आगामी १ महिनासम्मका लागीमात्र वजेट पुग्ने उहाको भनाई थियो ।
उक्त सडकमा हालसम्म साढे चार किलोमिटर कालोपत्रे, १० किलोमिटर सडकमा माटो भर्ने तथा ३० प्रतिशत पुर्वाधार र साढे सात किलोमिटर सववेशको काम भएको छ । यसैगरि सडकमा पर्ने कल्र्भड विस्तारतथा निमार्णको कामभने भइरहेको छ ।
हुलाकी सडकका कामले गति नलिएपछि यस्तो अवस्थामा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले काम समयमा सम्पन्न गर्न पहल थाल्नु भएको छ । विराटनगर इटहरी धरान सिक्सलेन सडक समयमा सम्पन्नगर्न सरोकारवाला संग छलफलगर्दै आउनु भएका प्रजिअ दाहालेपनि मोरङ जिल्ला अन्र्तगतको हुलाकी सडक समयमा सक्रियता देखाउनु भएको हो ।
हुलाकी संडको अवस्था के छ काहा सम्म वन्यो कसरी काम भइृरहे छ भन्ने विषयमा सडकको अनुगमन गर्ने र योजना प्रमुखसंग सडकको अवस्था वुझदै उहाले चासो लिनु भएको छ । प्रजिअले गर्नु भएको समन्वय र चासोका कारण कामले गति लिन्छकी भन्ने सर्वसाधारणमा आाशा पलाएको देखिन्छ । कछुवाको गतिमा भइरहेकोका अवस्थामा इटहरी स्थित हुलाकी सडक निमार्ण योजना कार्यालय कामलाई गतिदिन चासो नदिएको स्थानियको गुनासो छ ।
प्रजिअ दाहालले हुलाकी सडकसंग जोडिएका नगरपालिकाका तथा गाउपाकिलाका प्रमुख, हुलाकी सडक निमार्ण योजनाका प्रमुख तथा निमार्ण कम्पनीहरुलाई आफनो कार्यालयमा वहुपंक्षिय छलफल गराउनु भएको छ हुलाकी सडक निमार्णका लागी यसर पहिलोचोटी भएको छलफलमा हुलाकी सडक निमार्ण ढिलाई हुनुका कारण वजेटको समस्या वजेटको माग तथा जति सक्दो चाडो ठैक्का सम्झौता मितिमा काम सम्पन्नगर्न र त्यस्कालागी संघिय सरकारमा पहलगर्ने विषयमा छलफल भएको थियो । प्रजिअ दाहालले सरोकारवाला संग वाहुपक्षिय छलफल चलाएर कामलाई तिव्रता दिने वताउनुभया ।
प्रजीअ दाहालले प्रजिअका जिम्मवारी पाएपछि सिक्सलेन सडक विस्तार एंव सडक सौन्र्दयिककरणका लागी दुइ पटक सरोकारवालीसंग छलफल चलाएको र सिक्सलेनको उक्त सडक यहि चैत महिना अन्तसम्ममा सम्पन्न हुने चरणमा रहेका वताउदै प्रजिअ दाहालले अव हुलाकी सडक समयमा सम्पन्नगर्न सरकारवाला विच पटकपटक छलफल चलाउदै जाने र यसमा आउने वजेट लगायत समस्या समाधानकालाग संघिय सरकारसंग पहलगर्ने वताउनुभयो ।
हुलाकी सडक अन्र्तगत मोरङको ४४ किलोमिटर सडकमा विराटनगर महानगरपालिका सहित कटहरी, धनपाल, रंगेली, सुनवर्सी तथा रतुवामाई लगायतका पालिकाहरु प्र्दछन ।
रतुवामाई नगरपालिकाका प्रमुख रविन राईले ठेक्का सम्झौता भएको झण्डै अढाई वर्ष वित्नलाग्दापनि आफनो पालिकामा निमार्ण कम्पनीले काम नगरेको वताउनुयभो । सम्झौता अनुसार तिनवर्ष भित्र सडकको काम सम्पन्न गर्नुपर्नेमा आफनो पालिकामा काम शुरु नगरेर निमार्ण कम्पनीले अटेर गरेको उहाले वताउनुभयो । ठेक्कालिने तर कामनै नगर्ने यस्ता निमार्ण कम्पनीलाई कार्वाही हुनुपर्दछ उहाले भन्नुभयो ।
कटहरी गाउपालिकाका अध्यक्ष रामकुमार कामतलेपनि आफनो पालिकामा ठेकका पाएका निमार्ण कम्पनिले समयमा काम नगर्दा हुलाकी सडक विस्तारको कामले गतिलिन नसकेको वताउनुहुन्छ । उहाले ठेक्का पाएको निमार्ण कम्पनीलेको चरम लापरवाहिका कारण सडक वन्न नसकेको वताउनुभयो । सडक नवनाउने र भत्काएर छाडेकाले यसपटक वर्षायामा पालिका डुवानमापर्ने उहाले वताउनुभयो । सडकका कल्र्भड नाला सवै भत्काइएका छन पानीको सहज निकास छैन त्यसकारणपनि आउने वर्षायाममा सवै धानवाली डुव्ने उहाले वताउनुभयो । रंगेली नगरापकिालका प्रमुख दिलिप वगडियोले पहिलो चोटि भएको यस्तो छलफलले कामलाई गति दिने विश्वास व्यक्त गर्नुभयो । उहाले हुलाकी सडक विस्तारका लागी आफनो पहलमा रंगेली वजार लगायत आसमा पासकार क्षेत्रमा सडक विस्तार भएको वताउर्दै सम्झौता मितिमा सडक वन्नुपर्ने उल्लेख गर्नुभयो ।
विराटनगर रंगेली सडक खण्डमा कल्र्भड वनाउन भत्काइका सडक धुलाम्ये खाल्डाखुल्डि वनेपछि आवत जावतमा सर्वसाधारणलाई निकै समस्या हुने गरेको छ ।
विराटनगर–रंगेली सडकखण्डको लम्वाई २२ किलोमिटर छ । पहिले विराटनगरवाट रंगेली मोटरसाइकलमा आधा घन्टमा पग्ने गरेकोमा अहिले सवाघन्टा लाग्ने गर्दछ । वाटौ कतै सम्म छैन, वाटोमा २५ वटा कल्र्भड छन कल्र्भडको दायावाया लगायत सवै सडक भत्काएरु छाडिएको छ रंगेली ७ का अभिषेक अधिकारी भन्नुहुन्छ सडक धुलाम्य छ वाइक हाक्दा केहि देखिदैन दुर्घटना हुन्छकी भन्ने डर हुन्छ वाटो चाडौ वनाउन पहल गर्नु आवश्यक छ ।
पुर्व पश्चिम राजमार्गको वैकल्पिक सडकको रुपमा रहेको मोरङको हुलाकी सडकमा पाचवटा निमार्ण कम्पनीले काम गरिरहेका छन । सो कम्पनी मध्ये कालिका कन्ट्रक्सनले ठेक्का लिएको सडकमा ६० प्रतिशत काम भएको छभने वाकी चारवटा कम्पनीको कामको प्रगती २० प्रतिशतमात्र रहेको छ ।