
धुलिखेलको हिमालयन मोटरल्यान्डमा नेपाल रेसर कप २०२२ सम्पन्न भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को सहयोगमा मोटर स्पोर्ट्स नेपालले आयोजना गरेको सो मोटरसाइकल रेसिङ प्रतियोगिता आज सम्पन्न भएको हो ।
आज सम्पन्न फाइनल खेलमा १५० सीसीतर्फ सन्दीप घिमिरे विजेता बने भने सुजन थापा मगर र महेश राना मगरले दोस्रो र तेस्रो स्थान हासिल गरे ।
त्यसैगरी २०० सीसीतर्फ राजकुमार कार्की विजेता बने भने विवेश श्रेष्ठ र भिम होनाले क्रमशः दोस्रो तर तेस्रो स्थान हासिल गरे ।

विजेताहरुलाई नासाका प्रमुख सल्लाहकार गोविन्द भट्टराई, अध्यक्ष दशरथ रिसाल र महासचिव सुशील तण्डुकारका साथै नासाका अन्य पदाधिकारीहरु आशिष लामिछाने, सन्तोष न्यौपानेका साथै विभिन्न कम्पनीका पदाधिकारीहरु र मोटर स्पोर्ट्स नेपालका अध्यक्ष विनोद तण्डुकारले पुरस्कार वितरण गरेका थिए ।
भिडोल लुब्रिकेन्टको मुख्य प्रायोजन रहेको सो प्रतियोगिता अन्तर्गत दुई क्याटागोरीमा प्रतियोगिता सम्पन्न भएको थियो । लकडाउन पश्चात पहिलो पटक राष्ट्रिय स्तरमा आयोजना गरिएको प्रतियोगितामा उत्साहजनक रुपमा राइडरहरुको सहभागिता रहेको थियो ।