jQuery(document).ready(function($){ //
});

झापाको दमकमा आठौ फुड फेस्टिबल आयोजना हुने भएको छ ।
यहि चैत्र २३ गते देखी २९ गते सम्म दमक ७ स्थित पशुहटमा फूड फेस्टिबल हुने आईतबार आयोजीत पत्रकार सम्मेलन मार्फत जनाइएको छ ।

दमककमा बसोबास गर्ने विभिन्न जातजातीको जातिय परिकारको स्वाद चखाउँदै त्यसको प्रवर्धन गर्न र विषेश गरि दमकलाई अर्गानिक खाना पाउने हब हो भन्ने कुराको सन्देश दिन फूड फेस्टिलको आयोजना गर्न लागिएको पत्रकार सम्मेलनका क्रममा कार्यक्रम संयोजक भुपेन्द्र न्यौपानेले जानकारी गराउनु भयो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

१० देखी १५ वटा विभिन्न जातका जातीय परिकारका स्टल साथै अन्य विभिन्न स्वादका परिकार तथा केहि व्यवसायीक गरि ४० देखी ५० वटा स्टल फेस्टिबलमा हुने छन् ।

जतीय परिकारको स्टल राख्न कुनै शुल्क नतोकिएको अर्थात निशुल्क उपलब्ध गराइने पत्रकार सम्मेलनमा जनाइएको छ ।

दमकम धिमाल, लिम्बु, राई, सतार, राजंबशी लगायतका विभिन्न आदिवसीको बसोबास रहेको छ ।
यो फेस्टिबलले पूर्वि क्षेत्रको पर्यटकीय पर्वधनमा पनि योगदान दिने आयोजकको दावि छ । होटल व्यवसायी सघं दमकको आयोजनामा हुन लागेको फेस्टिबलले दमक क्षेत्रको प्रर्वधन गर्नपनि मद्यत पुग्ने विस्वास गरिएको छ ।

विभिन्न राष्ट्रिय स्तरका कलाकारका साथमा फेस्टिवल सञ्चालन गरिने पत्रकार सम्मेलनमा सघंका अध्यक्ष योगराज दंगालले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार फूड फेस्टिबलमा स्थानीय जातीय झाँकीका साथै राष्ट्रिय स्तरका कलाकारहरु ज्योती मगर, प्रमोद खरेल, प्रकाश सपुत, लाहुरे, मेलिना राई, एकदेव लिम्बु, धिरज राई लगयतको उपस्थित हुने जनाइएको छ ।

करिव १ लाख जनाले फेस्टिबल अवलोकन गर्ने दावि आयोजकले गरेको छ । फेस्टिलमा २५ लाख बढिको आर्थीक करोबार गर्ने लक्ष्य राखीएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय