✍️ सुजन पन्थ

सुनेछु देश बेचियो रे

अमेरिकी सेना नेपाल भित्रियो रे

अब नेपाल पनि अमेरिका बन्दै छ रे

MCC पारित भयो भन्दै

कोइ राजनेता खुसीले

समाचार फुक्दै छ रे

अनि कोइ चै तेइ बिरुद्ध

लाजले शीर निहुराउदै

थुक्दै छ रे

कालो मन भएको

बहुमतको हुलबाट

सेतो मन भएको बिरोदी निस्किन्छ

MCC बिरुद्ध सबुत पस्किन्छ

वकालत पक्ष बलवान भएको निमित्त

MCC पास हुन्छ

अनि उ छक्क हुदै झसंग झस्किन्छ

ओहो! देश बेचिएछ

आफ्नै आमाको घाटी

आफैले रेटिएछ कालो दाग छोप्न

राजनीतिको सेतो खोल ओडिएछ

पाइला लडबडउदै थियो

आफ्नै अज्ञानताले मोडिएछ

यहाँ घारकै माहुरीले घर भत्काई दिए

न अ (अमेरिका ) न ने (नेपाल )

पाइला बिच मै अल्झाई दिए

जान्ने बुज्नेले नै यहाँ

सत्ता पल्टाई दिए

आमाको छातिलाई खुल्ला

खेल मैदान बनाएर

कवाज खेलियो

पी टि, परेट खेलियो

खोल मैलो भएर हो या

मन कालो भर

आफ्नो देश आफैले बेचियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय