
नेपाल पुलिस क्लब दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । एभिनियर फुटबल क्लब क्यामरुनलाई टाइब्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारमा पुग्न सफल भएको हो ।
गोलरहित बराबरीमा खेल टुंगिएपछि टाइब्रेकरबाट निणर्य लिइएको थियो । टाइब्रेकरमा क्यामरुनका जोस्पिन गोल गर्न चुकेपछि पुलिस विजयी भएको थियो । जितसँगै पुलिसले सेमिफाइनलमा गोर्खा ब्वाइज क्लब रुपन्देहीको सामना गर्नेछ । सोमबारको खेलको म्यान अफ द म्याच पुलिसका अन्जन राइ घोषित भए ।उनले नगद दश हजार प्राप्त गरे । यो खेलसँगै क्वाटरफाइनलका चरण पूरा भएका छन् भने मंगलबारदेखि सेमिफाइनलका चरणका खेलहरु हुनेछन् ।

मंगलबारको पहिलो सेमिफाइनल खेल मनामस्र्याङ्दी क्लब र मानेभञ्ज्याङ क्लब दार्जिलिङबीच हुने दमक नगर खेलकुद विकास समितिका सचिव डम्बर राज बरालले जानकारी दिए।