
धनुषाको सबैलामा सवारी दुर्घटनामा परि चारजना बालकहरुको मृत्यु भएका छन् । सवैलाको वडा नं. १२ रघुनाथपुरको नहरचौक देखि बरकुर्वाको बिच सडकखण्डमा भएको दुर्घटनामा चारजनाको मृत्यु भएको र एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मृत्यु हुनेमा सबैला वडा २ का चारजना बालकहरु रहेका छन् । वर्ष १२ को लक्ष्मी यादव, मोटरसाइकल चालक वर्ष १५ का राहुल यादव, वर्ष १४ को सुमित यादव र वर्ष १२ को बिकाश यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक तथा प्रहरी प्रबक्ता जितेन्द्र कुमार बस्नेतले जनाए । साथै दुर्घटनामा परि सोहि वडाका वर्ष १९ को सुरेन्द्र यादव गम्भिर घाइते भएका छन् । एउटै मोटर साईकलमा ५ जना सवार थिए ।