
दमक-३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङलाई १-० गोल अन्तरले पराजित गर्दै मनाङले फाइनलको यात्रा तय गरेको छ। मनाङको जितका लागि अफिज ओलावलेले खेलको २९ औँ मिनेटमा गोल गरेका थिए ।
मानेभञ्ज्याङले खेलमा गोल गर्ने प्रयास गरे तापनि सफल भने हुन सकेन । मंगलबारको खेलको म्यान अफ दि म्याच अफिज ओलावले भए । उनले नगद दश हजार पुरस्कार पाए ।

अब फाइनल प्रवेशका लागि बुधबार गोर्खा ब्वाइज रुपन्देही र नेपाल पुलिस क्लबबीच हुने दमक नगर खेलकुद विकास समितिका सचिव डम्बर राज बरालले जानकारी दिए । बुधबार विजयी हुने टिमले फाइनलमा मनाङ मस्र्याङ्दी क्लबसँग खेल्नेछ ।