
राष्ट्रिय जनमुक्ति पार्टी सम्बद्ध जनमुक्ति युवा संघले काठमाडौमा एक भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा बोल्दै संघका केन्द्र सदस्य तथा पत्रकार समेत रहेका अविन मेयाङ्गवोले पार्टीले दिएको जस्तो सुकै जिम्मेवारी पूरा गर्ने बताएका छन।
उनले कार्यक्रममा बोल्दै यदि पार्टीले स्थानिय चुनाब लड्नुपर्छ भनेर भन्छ भने पनि आफू त्यसको लागि तयार रहेको बताएका छन।
कार्यक्रममा बोल्दै उनले पत्रकारीता र राजनीति एक सिक्काको दुई पाटा रहेको बताएका छन।राजनिती बिना पत्रकारिता पनि अपुरो रहेको र पत्रकारिता बिना राजनिती पनि अपुरो रहेको बताए।
कार्यक्रममा उपस्थित पत्रकारहरुसंग उनले देशमा भएको भ्रष्टाचार,अन्याय,अत्याचारको बिषयमा लेख्न बोल्न ठुला भनौदा मिडियाहरु डराइरहेको बताए।यहाँ प्रत्येक पार्टीको पार्टी गत पत्रकार छन अनि बाहिर भन्छन पत्रकारले राजनिती गर्नुहुदैन।यो गलत प्रवृत्ति रहेको उनले बताए।
अब देशको नेतृत्व युवाले लिनुपर्ने अनि मात्र देश बिकास हुने र समृद्ध सम्मुनत हुने समेत लिम्बुले बताए।