jQuery(document).ready(function($){ //
});

दमक – डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब काठमाडौं झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । गोर्खा ब्वाइज रुपन्देहीलाई १-० गोल अन्तरले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो ।

खेलको ५९औँ मिनेटमा नीरकुमार राईले डिएरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । उनको यही गोल निणर्यक बन्यो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

निकै प्रतिस्पर्धातमक खेलमा गोर्खा ब्वाइजले गोल गर्ने प्रयास गर्‍यो । तर, सफल हुन सकेन । जीतसँगै पुलिसले शुक्रबार उपाधिका लागि मनाङमस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

बुधबारको खेलको म्यान अफ दि म्याच नीरकुमार राई भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय