
दमक १ बरगाछी स्थित भित्रि सडक खण्डमा शुक्रवार टयाक्टरको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
दिउँसो करिब ३ बजेतिर इटा बोकेको मे १ त ७९४२ नम्बरको टयाक्टरले विपरित दिशाबाट आउदै गरेको मे.६ प ३९७६ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक मिक्लजुङ गाउँपालिका ५ का ३१ बर्षिय मित्रप्रसाद शर्माको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ।
ठक्करबाट मोटरसाईकल चालक शर्माको घटनास्थलमा मृत्यु भएको थियो भने फरार ट्याक्टर चालकको खोजी भइ रहेको छ ।