
सातौं प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलमा टिम क्लब एपिएफको जितमा स्टार फरवार्ड सावित्रा भण्डारी एक्लैले ९ गोलको वर्षा गरेकी छन् । अघिल्लो दिन भएको खेलमा एपिएफले सिक्किम फुटबल क्लबलाई १८–० ले हराउँदा सावित्रा एक्लैले ९ गोलको वर्षा गरेकी हुन् ।
लगनखेलस्थित आर्मीको मैदानमा भएको खेलमा सावित्राले सनसनीपूर्ण प्रदर्शन गर्दै ९ गोल गर्दा अनु लामाले ४ गोल गरिन् । त्यस्तै, अनिता बस्नेतले पनि ह्याट्रिक पूरा गरिन् भने रेनुका नगरकोटीले २ गोल थपिन् ।विपक्षीको पोस्टमा १८ गोल : सावित्रा एक्लैले ठोकिन् ९ गोल !
यता, अर्को खेलमा खेलमा नेपाल पुलिस क्लबले प्रदेश २ को टिमलाई ३–० ले निराश बनायो । पुलिसलाई जिताउन निरु थापा, दीपा न्यौपाने र निशा बिकले समान १–१ गोल योगदान गरे ।