jQuery(document).ready(function($){ //
});

भारतले गत साउनदेखि मसिना चामल निकासीमा प्रतिबन्ध लगाएको  छ । मोटा चामलमा पनि २० प्रतिशत शुल्क (महसुल) लगाइदिँदा व्यापारीले उताबाट मोटा पनि चामल ल्याउन छाडेको महिनौँ भइसकेको छ । भारतमा २० र नेपालमा ५ प्रतिशत महसुल तिरेर धान आयात गर्न नसक्ने अवस्थामा व्यापारीमा  छन् । यही स्थिति लम्बिए अबको दुई महिनापछि नै खाद्य सङ्कट सुरु व्यापारीहरू बताउँछन् ।  

नेपालमा वार्षिक माग ७५ लाख टन चामलको छ, तर कृषि प्रधान भनिए पनि कुर्सी प्रधान बन्दै गएको देशमा उत्पादन हुन्छ ५० देखि ५५ लाख टन मात्रै छ । झण्डै २० लाख चामलका लागि भारतकै भर पर्नुपर्ने बाध्यता मुलुकको छ । ०७९/८० मा भारतबाट ५ दशमलव ५ लाख टन चामल आएको थियो । गत वर्ष शून्य भन्सारमा भित्रिएको चामलमा यस पटक २० प्रतिशत थपिँदा व्यापारीले चामल आयात गर्न मानिरहेका छैनन् ।

eHatiya

उद्योगीका अनुसार अब नेपाललाई (दुई महिना) फागुनसम्ममात्र धान्ने धान छ । राज्यले समयमै यसको निराकरण नखोज्ने हो भने अवैध आयात भएको चामलले प्रश्रय पाउने र कालोबजारी मौलाउने चिन्ता छ । यही समस्या बोकेर गत साता ठुला मिल उद्यमीले उद्योग सचिव, मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेटे । तर, व्यापारीलाई धान, मन्त्रीलाई भने तत्काल चामल चाहिँदा लफडा निस्किरहेको छ । व्यापारीको स्वार्थचाहिँ दक्षिणबाट धान ल्याउन पाए आफ्नो उद्योग चल्थ्यो भन्ने छ ।

अर्कोतिर दक्षिणी छिमेकीले खाए खाए, नखाए घिच्को शैलीमा व्यापारीलाई कठिनाइ पारिरहेको छ । भारतले ९५ हजार टन नन बासमती ह्वाइट राइस दिने निर्णय गरेको छ । जसमध्ये ३० हजार टन भारत सरकारले दिने र बाँकी ६५ हजार टन उताको सहकारीसित खरिद गरेर ल्याउनुपर्ने हुन्छ । बढीमा एउटाले ५ हजार टन चामल मात्र आयात गर्न पाउनेछ । एकातिर अतिरिक्त ट्याक्स, अर्कोतिर खरिद प्रक्रिया झन्झटिलो र लम्बेतान त्यसमाथि एडभान्स र क्यास पेमेन्ट गर्नुपर्ने बाध्यतामा व्यापारीहरू छन्। खासमा नेपाल मोटा चामलका निम्ति लगभग आत्मनिर्भर छ, नेपालीको भान्सामा सबैभन्दा बढी माग नै जिरा मसिनो चामलको हो । 

भारतले चामल रोक्दा नेपालमा दुई महिनापछि खाद्य सङ्कट चुलिने र कालोबजारी मौलाउने भन्दै मन्त्रीसँग कुरा गर्न पुगेका व्यापारीहरू आफै आश्चर्यचकित भएर फर्किएका छन् ।  आधा दर्जन व्यापारीको टोलीलाई घुमाउरो पारामा भन्सार छलेर, कालोबजारी गरेर ल्याउनुहोस्, म गृह मन्त्रालय र आइजिपीलाई भनिदिन्छु भन्ने जवाफ फर्काइएको एक समाचार स्रोतका दाबी छ  ।

उता, सरकार निरीह बनेको मौका विराटनगरका ट्रेड र साना मिलले उठाइरहेका छन् । सो नाकाबाट खुलेआम साइकलमा चामल तस्करी भइरहेको छ । दैनिक ६ देखि सात सय साइकलबाट ६ हजारभन्दा बढी बोरा चामल तस्करी भइरहेको व्यापारीहरू बताउँछन् ।

८०/८१ मा नेपालले ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन गरेको कृषि मन्त्रालयले जनाएको छ । ५२ लाख ३ हजार ४२६ मेट्रिक टन वर्षेधान र ५ लाख २० हजार ८०८ मेट्रिक टन चैते धान फलेको हो । यो हिसाबले मागअनुसार, झण्डै १८ लाख टन धानका लागि भारतकै भर पर्नुपर्ने स्थिति छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO