jQuery(document).ready(function($){ //
});

स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा सिजनको पहिलो इएल क्लासिको भिडन्त बराबरीमा सकिएको छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेल गोलरहित बराबरीमा टुंगिएको हो । बार्सिलोनाको घरमा प्रभावशाली प्रदर्शन गरेको पाहुना टोली रियलले दोस्रो हाफमा गरेको गोल भिएआरले रद्द गरिदिँदा घरेलु टोली बार्सिलोना सम्भावित हारबाट बच्यो ।

९३ हजारभन्दा बढी घरेलु दर्शकमाझ आफ्नो रंगशालामा उत्रिएको बार्सिलोनामाथि रियलले पहिलो हाफमा चर्को दबाब बनाएर खेल्यो । रियलको आक्रण रोक्न बार्सिलोनाका डिफेन्डर र गोलकिपरलाई भ्याई–नभ्याई भएको थियो । खेलको तेस्रो मिनेटबाटै बार्सिलोनाको पोस्टमा आक्रमण बुन्न थालेको रियलले लगातार आक्रमण गरिरहँदा बार्सिलोना आफ्नै घरमा निरीह देखिएको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

पहिलो हाफमा रियलले कूल १२ प्रहार गर्दा ४ प्रहार टार्गेटमा राख्यो भने बार्सिलोनाले जम्मा तीन प्रहार गर्दै एक प्रहार मात्रै टार्गेमा हान्यो । पहिलो हाफमा रियलले एक फउलमा जोडदार रूपमा पेनाल्टी मागे पनि रेफ्रीले दिएनन् । रियलका डिफेन्डर राफाएल भारानेलाई बार्सिलोनाको बक्समा कपडामा समातेर लडाइएको थियो ।

दोस्रो हाफमा बार्सिलोनाले केही सुधारिएको खेल खेल्यो । तर, गतिलो आक्रमण बुन्न सकेन । तर, रियलले भने दोस्रो हाफमा पनि लगातार बार्सिलोनामाथि आक्रमण बुनिरह्यो । दोस्रो हाफमा रियलका लागि इस्को, फेडे भाल्भर्डे, कासेमिरोका कडा प्रहार बार्सिलोनाका गोलकिपरले बचाए ।

यता, बार्सिलोनाका लुइस स्वारेज र जोर्डी अल्बा एक–एक पटक सहज मौकामा चुक्दा कप्तान मेस्सीले जम्मा एक प्रहार मात्रै टार्गेटमा हान्न सके । खेलको ८३औं मिनेटमा रियलका ग्यारेथ बेलले गोल गरेका थिए । तर, अफसाइड रहेको भन्दै भिएआरले सो गोल रद्द गर्दा बार्सिलोनालाई ठूलो राहत मिलेको थियो । त्यसपछि खेलमा दुवै टोलीबाट गोल निस्कन बार्सिलोनाको कमजोर प्रदर्शन : घरमा रियल मड्रिडसँग रोकियोनसकेपछि खेल ०–० मा टुंगियो ।

आफ्नो घरमा बार्सिलोनाले पाहुना टोली रियलको पोस्टमा कूल ८ प्रहार गर्दा २ मात्रै टार्गेटमा राख्यो । तर, रियलले कूल १८ प्रहार गर्दा ७ प्रहार टार्गेटमा हानेको थियो ।

अब यो बराबरीपछि दुवै टिमले १–१ अंक बाँडेका छन् । बार्सिलोना र रियल दुवैको खातामा समान ३६–३६ अंक छ । तर, बार्सिलोना रियलभन्दा २ गोल बढी भएकाले शीर्ष स्थानमा भने रियल दोस्रोमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय