jQuery(document).ready(function($){ //
});

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि दक्षिण अमेरिकी महादेशका लागि प्रारम्भिक छनौट ड्र सार्वजनिक भएको छ । अघिल्लो दिन फिफाले सो क्षेत्रबाट १० टिमलाई समेटेर पहिलो चरणको छनौटका लागि ड्र निकालेको हो ।

यो पहिलो चरणको छनौट खेलका लागि गरिएको ड्र हो । यो चरण सकिएपछि दोस्रो चरणको छनौट ड्र आउनेछ । पहिलो चरणमा यस क्षेत्रका १० वटै देशले हरेक देशविरुद्ध होम एन्ड अवे खेल खेल्नुपर्छ ।
गत राति दक्षिण अमेरिकी फुटबल महासंघको कार्यालयमा गरिएको ड्र अनुसार लिओनल मेस्सीको टिम अर्जेन्टिनाले आफ्नो पहिलो खेल इक्वेडरसँग खेल्नेछ भने ब्राजिलले बोलिभियासँग खेल्नेछ । त्यस्तै, चिली र उरुग्वे भने पहिलो खेलमै भिड्नेछन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

पहिलो चरणको खेल सकिएपछि दोस्रो चरणको छनौट खेल सन् २०२१ को सेप्टेम्बरबाट गर्ने फिफाको कार्यतालिका छ । पहिलो चरणको खेल हुने मिति र समय टुंगो लागेको छैन ।

दक्षिण अमेरिकी क्षेत्रबाट कूल १० टोलीमध्ये टप–४ सोझै कतार विश्वकपका लागि छानिनेछन् भने पाँचौं हुनेले प्ले अफ् खेल्नुपर्ने छ । सो टिमले अर्को महादेशबाट आएको पाँचौं टोलीसँग निर्णायक भिडन्त गर्नेछ । पहिलो चरणमा सबै टिमले होम एन्ड अवे गरी कूल १८ खेल खेल्नेछन् ।

फिफाद्वारा सार्वजनिक खेल तालिका यस्तो छ :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय