बासुदेब काफ्ले, उप प्राध्यापक, दमक बहुमुखी क्याम्पस,दमक/ संयोजक, अनुशासन समिती,जीवन चक्र समाज नेपाल
कुनैपनि स्वस्थ ब्यक्तिले स्वतस्फुर्त रुपमा आफ्नो शरिरमा भएको रगत दान गर्ने प्रकृया लाई रक्तदान भनिन्छ।चिकित्सा बिज्ञानको क्षेत्रमा धेरै आविस्कारहरु भएपनि हालसम्म प्रगोगशालामा कृत्रिम रगत नबनेकाले कसैलाई रगत चाहिए स्वस्थ ब्यक्तिले मानबिय रगत दिनैपर्छ। अरुलाई रगत दिनेको जती नै प्रशंसा गरे पनि पुग्दैन।त्यसैले रक्तदान लाई “जिवनदान” वा “महादान” भन्ने गरिन्छ।
त्यस्ता रक्तदातालाई सम्मान स्वरुप धन्यवाद ज्ञापन गर्न तथा रक्तदानको आवश्यकताबारे विश्वब्यापी चेतना फैलाउन सन् २००४ देखि जुन १४ लाई विश्व स्वास्थ्य सङ्गठनले विश्व रक्तदाता दिवस मनाउँदै आइरहेको छ।यस बर्षको बिश्व रक्तदाता दिवस को नारा पनि “20 years of celebrating giving: thank you blood donors!” रहेको छ।
बिश्वबिख्यात नोबेल पुरस्कार बिजेता बैज्ञानिक Carl Landsteiner ले सन १९०१ मा मानिसको रक्तसमुहहरु पत्ता लगाए पश्चात् रक्तदान सहज हुँदै गएको हो।विश्व स्वास्थ्य संगठन ले उनै बैज्ञानिक को जन्मदिन जुन 14 लाई विश्व रक्तदाता दिवस को रुपमा मनाउदै आएको छ।
रगत शरिरमा रहेको रातो तरल पदार्थ हो । यो प्लाज्मा र रक्त कोषहरुको समिश्रणबाट बनेको हुन्छ । जसमा लगभग ५५% प्लाज्मा र ४५% रक्तकोषहरु रहेका हुन्छन।रगतले शरीरका कोषहरुमा ग्लुकोज,एमिनो एसिड लगायतका पोषक तत्वहरु सँगै अक्सिजन र अन्य आवश्यक पदार्थहरु पुर्याउने काम गर्दछ । यसले कार्वनडाइक्साइड, यूरिया, ल्याक्टिक एसिड जस्ता काम नलाग्ने तत्वहरुलाई बाहिर निश्कासन गर्न समेत सहयोग गर्दछ ।
हाम्रो शरिरमा करिब ६ लिटर (१० युनिट) रगत हुन्छ जसमध्ये एक पटक रक्तदान गर्दा एक युनिट अथबा १२-१४% मात्र रगत निकालिन्छ जुन १२० दिनमा आफै नष्ट भएर जाने गर्छ। एक युनिट रगत ले कम्तिमा तीन जना ब्यक्तिहरुको ज्यान बचाउन सक्छ।
नेपाल को सन्दर्भमा परोपकार सस्थाका सस्थापक दयाबिर सिंह कन्साकार ले पहिलो पटक बि. स. २००० सालमा रक्तदान गरी यसको सुरुवात गरेका हुन। हाल नेपालमा सबैभन्दा बढी पटक रक्तदान गर्ने ब्यक्तिको रुपमा नेपाल स्वयंसेवी रक्तदाता समाज का केन्दिय अध्यक्ष प्रेमसागर कर्माचार्य रहेका छन।उनले १७८ पटक भन्दा बढी रक्तदान गरिसकेका छन। नेपालमा हाल कुल जनसंख्या को ०.८% ले मात्र रक्तदान गर्दछन जसमध्ये ८३% पुरुष र १७% महिला हरु छन।विश्व स्वास्थ्य संगठन का अनुसार कुनै पनि देश मा रगत को अभाव नहुनका लागि कम्तिमा कुल जनसंख्या को २% ले रक्तदान गर्नुपर्ने हुन्छ।
यी तथ्य हरुलाइ हेर्दा रक्तदान गरेपछी कमजोर भइन्छ,मोटाउन सकिदैन,काम गर्न सकिँदैन,रोगहरु सर्छन भन्नेजस्ता गलत धारणा हरु अहिले पनि समाजमा बिद्यमान रहेको पाइन्छ।तर त्यसो नभै रक्तदान गर्दा हाम्रो मुटु ,कलेजो स्वस्थ रहने,रक्तचाप स्थिर रहने साथै हाम्रो सस्कार अनुसार दान गर्दा आत्म सन्तुष्टि समेत प्राप्त हुने गर्दछ।
सामान्य अवस्थाको एक स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शारिरमा कुनै हानी नोक्सान नहुने चिकित्सकहरुको भनाई छ।चिकित्सक हरुका अनुसार महिनाबारी भएको महिला,गर्भबती महिला,क्यान्सर पिडित,दिर्घरोगी साथै नियमित औषधि प्रयोगकर्ताले रक्तदान गर्ने मिल्दैन।
अत: १८ बर्ष देखि ६० बर्ष उमेर समुहका ४५ किलोग्राम तौल भएका हामी सबै स्वस्थ ब्यक्ती हरुले रक्तदान गरी दुर्घटना वा अन्य कारणले अस्पताल का शैयाहरुमा छटपटाइरहेका बिरामी हरुको ज्यान बचाइ पुण्य कमाऔ। ( श्रोत:- विभिन्न वेबसाइटहरु)