jQuery(document).ready(function($){ //
});

अहिले फुटबलको जगत्मा यदि कुनै कुरा ‘हट केक’का रूपमा चर्चामा छ भने, त्यो इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डो र उनको हेडिङ गोल नै हो । गत राति इटालियन सिरी ए फुटबलमा रोनाल्डोले गरेको गोल हेडिङ गोलको चर्चा अहिले चुलीमा छ ।

अवे मैदानमा भएको खेलमा युभेन्टसले साम्पडोरियलाई १–२ ले हराउँदा रोनाल्डोले खेलको ४५औं मिनेटमा अपत्यारिलो हेडिङ गोल गरेका थिए । जो कोही उनको त्यो जादुयी गोलबाट नतमस्तक बन्न सक्छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

अहिले विश्वभरका खेल मिडियाले रोनाल्डोको सो गोलको प्रशंसा गर्दै व्यापक स्थान दिइरहेका छन् । अन्य फुटबलर तथा खेलकुदकर्मीले पनि रोनाल्डोको सो चमत्कारिक गोलको खुलेरै तारिफ गरिरहेका छन् ।

युभेन्टस १–१ को अवस्थामा रहेका बेला रोनाल्डोले गरेको सो गोल नै जितका लागि पर्याप्त बन्यो । ब्राजिलियन खेलाडी एलेक्स सान्ड्रोले मैदानको तल्लो भागबाट लामो दूरीको बल बक्समा दिएका थिए, जहाँ रोनाल्डो दौडिएर बेल हेडिङ गोल पुगे ।

साम्पाडोरियाका २ जना डिफेन्डरका बीचबाट उफ्रिएका रोनाल्डो यति माथि उफ्रिए कि, त्यो अहिले धेरैका लागि पत्याउनै नसकिने बनको छ । उनीसँगै उफ्रिएका विपक्षी खेलाडीलाई निकै तल छाडेर हावामा उड्दै टाउकोले बललाई भुइँतिर जोतेर उनले हानेको बलले पोस्टको दिशा लिएयो थियो । रोनाल्डोको बुलेट हेडिङ प्रहारले विपक्षी गोलकिपरको हात पन्छाउँदै छिरेको थियो ।

खेल विशेषज्ञहरू आश्चार्यमा, दुनियाँ चकित !

उमेर ३४ वर्ष पुगेका रोनाल्डोको आफ्नो उचाइ १.८७ मिटर छ । तर, उनले गत राति हेडिङ गोल गर्दा २.५६ मिटर उफ्रिए । रोनाल्डो आफ्नो उचाइभन्दा निकै माथि माथि हावामा उडेका थिए ।

स्वास्थ्य विज्ञानका अनुसार सामान्य मानिस बढीमा १ मिटर उचाइसम्म उफ्रिन सक्छन् । खेलाडी वा सम्बन्धित विधागत खेलाडीहरू बढीमा १.५० मिटरसम्म उफ्रिन सक्छन् । हाजसम्म खेलकुदमा कुनै पनि खेलाडीले १.५० मिटरभन्दा माथि उफ्रिएको रेकर्ड छैन । तर, रोनाल्डोले गत राति गोल गर्नेक्रममा २.५६ मिटर उफ्रिए । र, स्वास्थ्य विज्ञानलाई पनि चकित पारिदिए । सो गोलमा रोनाल्डोको ‘एयरिङ जम्प’ले विश्वभरका खेलाडीलाई जिब्रो टोक्न बाध्य बनाएको छ ।

रोनाल्डो हावामा कतिबेर ?

३४ वर्षका रोनाल्डोले हावामा २.५६ मिटर उडेर गोल गर्दा कति समय हावामा रहे होलान् ? यो पनि कम्ता रोचक छैन । खेलाडीको भीडबाट हेडिङ गोल गर्न हावामा उडेका उनी १.५ सेकेन्डसम्म हावामै थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय