
कुनै पनि देशमा पहिचान भनेको त्यो देश को भिविन्न जातिको भाषा, धर्म, संस्कृति भेषभुषा खानपान लवाईखुवाई नै हो भन्ने बुज्नु पर्दछ जसले त्यो देश वा राष्ट्रयको श्रिङ्गर वा गहना बनेर सोमित भई झल्किएको हुन्छ।
आज देशमा हाम्रा मौलिक परम्परा झल्काउने यी सबै हाम्रा सम्पतिको रुपमा रहेको रहनशहन , खानपान, हाम्रो भेष , भाषा , धर्म, सस्कार र सस्कृति आधिमा अलि अलि गर्दै पाश्चात्य वा पश्चिमी खुल्ला सस्कार पद्धती वा शिक्षा ले गर्दा हामीमा बाहिया शक्तिले अक्रमण गरि घाटी निमोठी रहेको छ।
यो सबै हाम्रा जान्ने भानौदाले भोगवादी जिवनशैली अपनाउने र सत्ता तथा पद को लोभमा फसेर म र मेरो देश के हो? मेरो धर्म क हो यो सबै बिर्सिएको हो भन्न सकिन्छ भने अर्को तिर हामी सबै जनताको पनि यो कुरामा त्यतिकै जवाफदेहिता छ, हामी अत्यन्तै चरम उपभोक्तावादी बन्यौ। आज जन्मिएको बालक ले पनि त्यहि परिवेशमा हुर्किएर अंग्रेजी शिक्षाको अध्यन गरि आधुनिकता को कसीमा आफुलाई अकबरी सुन प्रमाणित गर्न चाहन्छ र सबै आफ्नो पहिचान गुम्हाउन पुग्दछ, यो एउटा मनोगत रुपबाट ग्रषित अदुरदर्सिता को परिणाम हो।
अब हामिले हाम्रा मौलिक धरोहरका रुपमा रहेको सस्कार संस्कृति धर्म परम्परा रितिरिवाज रहनशहन, चालचलन, खानपान, भेषभुषा आदिलाई स्तिथि गत्यात्मक प्रगतिवादको कशिबाट अन्वेषण र खोजि गरि सबै कुराको बैज्ञानिक तरिका बाट परिभाषा गर्नु पनि जरूरी छ। हामीले हाम्रा हरेक कुराहरुलाई निर क्षिर को बिबेकको आधारबाट छुट्याएर हेर्न पर्ने पनि देखिन्छ अलग जातिको अलग ठाउको अलग अलग किसिमको फरक भेष भुषा, भाषा, सस्कार खानपान भइ कन पनि बहुलता वा विविधतामा एकता भएर जिउने संकल्प गरि सबै संगै सबैले एक अर्कामा मिलेर बस्नु आजको माग पनि हो, यसैमा सबै जाति र सबै धर्मावलम्बीहरुको हित पनि छ।
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्