jQuery(document).ready(function($){ //
});

काठमाडौं । सञ्चालनमा रहेका २७ वटा बाँणिज्य बैंकहरु मध्ये आफुलाई १ नम्वरको बैंक भएको हल्ला फैलाउँदै आएको एनआईसी एशिया बैंक नेपाल राष्ट्र बैंकको कारवाहीको निशानामा परेको छ । अरुले भने पनि नभने पनि आफै ठुलो हो भन्दै स्वघोषितरुपमा आफुलाई ठुलो र सर्वश्रेष्ठ बैंक भएको दावी गर्दे आएको एनआईसी एशियाले राष्ट्र बैंकको निर्देशन विपरित चर्को व्याज लिने गरेको उजुरी राष्ट्र बैंक स्वंममा परेपछि राष्ट्र बैंकको कारवाहीको सुई एनआईसी एशियामा सोझिएको हो ।
सञ्चालनमा रहेका २७ वटा बाँणिज्य बैंकहरु मध्ये एनआईसीले आफ्नो बैंकमा रहेका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने बाँणिज्य बैंकहरु मध्येमा सबैभन्दा कम उमरेका प्रमुख कार्यकारी भएको हल्ला बजारमा फैलाएको थियो । यसअघि बैंकलै बैंक पनि साथी पनि भन्ने नारालाई बजारमा फैलाएको थियो । सो पश्चात हाल उक्त नारालाई पनि संसोधन गरेर बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने बनाएको छ । तर जे जस्तो भएपनि एनआईसी एशियाले यि सबै हतकण्डाहरु केवल ग्राहकलाई आफ्नो बैंकमा तान्न र त्यसपछि तिनै ग्राहकलाई चर्कोरुपमा व्याज लिएर दुनो गाई बनाउने र पछि व्याज तिर्न नसकेको भन्दै कौडीको भाउमा धितोमा राखेको सम्पती खाईदिने हतकण्डा अपनाउँदै आएको छ । एनआईसी एशियाले यही हतकण्डाका आधारमा यो व्यवसायीक साम्राज्य खडा गरेको हो ।

तर अब भने एनआईसी एशियाको यो व्यवसायीक साम्राज्यमा खतराको घण्टी बजेको छ । बिगतमा एनआईसी एशियाका उमेरमा सानो तर निकै नै चतुर मानिएका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानले राष्ट्र बैंकका उच्च अधिकारीहरुलाई सुन, चाँदी, पित्तल लगायतका बिभिन्न सिक्काहरु उपहार दिदैं आफुतिर फर्किएको कारवाहीको सुईलाई अर्केतिर फर्काउन सफल भएका थिए । तर अब भने एनआईसी एशिया बैंकले चर्को व्याज लिएर पीडित बनेका बैंकका ग्राहकहरु एनआईसी एशियाको कर्तुतका बारेमा प्रमाण सहित राष्ट्र बैंकका पुग्न थालेपनि एनआईसी एशियामा खतराको घण्टी बजेको छ । एनआईसी एशियाले यही बैशाख एक गतेदेखि नै लागू हुने गरी घर कर्जाको ब्याजदर १५ दसमलव ७० प्रतिशत पु-याएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

यसअघि कायम रहेको नौ दसमलव ९२ प्रतिशत कर्जाको ब्याजदरमा पाँच दसमलव ७८ विन्दु थप गरेर गरेर बैंकले उक्त व्याज दर कायम गरेको हो । मोरंग विराटनगरका व्यवसायी दिनेश सुवेदीलगायतलाई एनआईसी एसिया बैंकले ब्याजदर परिवर्तन गरेर १५ प्रतिशतको हाराहारीमा पु-याएको थियो । चार वर्षअघि एनआईसी एसिया बैंकबाट घर तथा सवारी कर्जा लिएका उनलाई ब्याजदरमा व्यापक परिवर्तन गरिएको भन्दै राष्ट्र बैंकमा उजुरी समेत दिएका थिए । सुवेदीले २०७३ माघ २० गते विराटनगरस्थित एनआईसी एसिया बैंकबाट आफ्ना छोराहरु र दिपेश र दिवसका नाममा कर्जा लिएका थिए । घर कर्जाबापत उनले चार करोड ६० लाख रुपैयाँ लिएका थिए ।

उक्त कर्जामा बैंक र ऋणीबीचको सम्झौतापत्रमा वार्षिक १३ दसमलव ४९ प्रतिशत ब्याजदरमा मासिक ईएमआई पाँच लाख ९६ हजार नौ सय ९६ रुपैयाँ ६५ पैसा रुपैयाँ तिर्नुपर्ने उल्लेख गरिएको थियो । सुवेदीको स्वामित्वमा रहेको कम्पनी ‘केवल नेटवर्क प्राइभेट लिमिटेड कम्पनी’ले लिएको दुईवटा सवारी कर्जामध्ये एउटाको ब्याजदर १४ दसमलव ४९ प्रतिशत र अर्काेको ११ दसमलव ९९ प्रतिशत पु-याइएको छ । बैंकले पठाएको ब्याजदर परिवर्तनसम्बन्धी सूचनामा आधार दर (बेस रेट) भन्दा प्रिमियम चार्ज बढी लिएको छ । वैशाखका लागि आधार दर छ दसमलव ७७ प्रतिशत कायम भए पनि प्रिमियम भने आठ दसमलव ९३ प्रतिशत जोडिएको छ ।

यसैगरी घर कर्जामा प्रिमियम चार्ज आठ दसमलव ९३ प्रतिशत जोडेको छ भने सवारी कर्जामा सात दसमलव ७२ प्रतिशत जोडेको छ । कोभिड १९ को यतिठुलो महामारीमा बैंकले ग्राहकलाई राहत दिनुको साटो झन चर्को व्याज लिएर आहत दिएको भन्दै एनआईसी एशियाका बिरुद्ध राष्ट्र बैंकमा उजुरी परेको छ । यद्धापी उक्त उजुरीका बारेका राष्ट्र बैंकले निर्देशन दिए पश्चात एनआईसीले प्राविधिक त्रुुटी भएको भन्दै व्याजदर पुनरावलोकन गरिसकेको छ ।

तर यो मात्र नभएर एनआईसी एशिया बिरुद्ध राष्ट्र बैंकमा अझ निकै धेरै उजुरी दर्ता भएकाछन । एनआईसी एशियाबाट अहिले सबैभन्दा पीडित ग्राहक भने सवारी साधान कर्जा लिने अर्थात ट्याक्सी चालकहरु रहेकाछन । यि सबै बिषयमा राष्ट्र बैंकले एनआर्ईसी एशियालाई स्पष्टीकरण सोध्ने र कारवाही गर्ने हो भने एनआईसी एशियाको हालको व्यवसायीक साम्राज्य केही महिना भित्रमा नै निकै नै कमजोर बन्ने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय