jQuery(document).ready(function($){ //
});

सिजन २०१९–२० को युरोपियन गोल्डेन बुट दौडका लागि निकै रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ । युरोपका टप–५ लिगमा अहिले युवा खेलाडीदेखि सुपरस्टार खेलाडीसमेत प्रतिस्पर्धामा देखिएका छन् ।

आइतबार रातिका खेल सकिँदा स्पेनिस ला लिगामा १६औं साताका खेल सकिनेछन् भने इंग्लिस प्रिमियर लिगमा पनि १६औं साताका खेल सकिँदैछन् । जर्मन बुन्डेसलिगामा भर्खर १४औं साताका खेल सकिँदैछन् भने इटालियन सिरी ए फुटबलमा १५औं साताका खेल सकिँदैछन् । त्यस्तै, फ्रेन्च लिग वानमा १७औं साताका खेल सकिँदैछन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

केही समयअघिसम्म गोल्डेन बुटमा दौडमा जर्मन बार्यन म्युनिखका रोवर्ट लेवान्डोस्की बलियो दाबेदारीसहित सर्वाधिक गोलकर्ता थिए । तर, पछिल्ला तीन खेलमा लगातार गोलविहीन बनेपछि उनी अहिले पछि परेका छन् ।

अहिले युरोपका टप–५ लिगमा इटालियन क्लब लाजियोका सिरो इम्बोइल १७ गोलसहित सबैभन्दा सिरानमा छन् । उनले लेवान्डोस्कीलाई १ गोलले पछि पारेका हुन् ।

यता, गत राति मालोर्साविरुद्ध ह्याट्रिक गरेसँगै बार्सिलोनाका लिओनल मेस्सीले गोल संख्या ह्वात्तै बढाएका छन् । उनले कूल १२ गोल गरेका छन् । यस्तो छ युरोपका टप–५ लिगमा सर्वाधिक गोलकर्ताको ताजा अवस्था :

सिरो इम्बोइल (लाजियो) – १७ गोल

रोवर्ट लेवान्डोस्की (बार्यन म्युनिख) – १६ गोल

जिमी भर्डी (लेस्टर सिटी) – १६ गोल

टिमो वार्नर (आरबी लेइपजिग – १३ गोल

लिओनल मेस्सी (बार्सिलोना) – १२ गोल

लिगका सातौं साताका खेल सकिँदा यस्तो थियो सूची

लेवान्डोस्की – ११

इम्बोइल – ७

भर्डी – ५

करिम बेन्जेमा (रियल मड्रिड)– ५

मेस्सी – ०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय