jQuery(document).ready(function($){ //
});

खुसी खुसी जीवनयापन गर्न र तनावबाट मुक्त हुनका लागि यसमा केही परिवर्तन ल्याउन आवश्यक छ । जीवनको हरेक पाटोलाई बुझेर सन्तुष्ट हुन सिक्नुहोस् । सकारात्मक सोच लिएर अघि बढ्नुहोस् । परिवर्तन नै जीवनको सबैभन्दा महत्वपूर्ण हिस्सा हो, यसलाई आत्मसाथ गर्नु नै बुद्धिमानी हुन्छ । आफ्नो जीवनमा खुसी ल्याउनका लागि केही कुरा स्विकार्नुहोस् र केहीलाई आफ्नो जीवनबाट हटाउनुहोस् । यहाँ सद्गुरु जग्गी वासुदेवले जीवनलाई खुसी बनाउनका लागि केही सजिला उपायबारे चर्चा गरेका छन्ः

१. एउटा खराब कुरा नष्ट गर्नुहोस्ः

RAWA Hills Town Property

RAWA Hills Town Property

एक मिनेटका लागि तपाईंको जीवनमा अनावश्यक कुराहरु के– के छन् त्यसबारे घोत्लिनुहोस् र कम्तीमा एउटालाई आजैदेखि नष्ट गर्न सुरु गर्नुहोस् । यसका लागि यस्ता कुराहरु छान्नुहोस् जुन तपाईं गर्न सक्नुहुन्छ र कुनै पनि हालतमा गर्नुहुनेछ । यी स–साना कदमबाट तपाईंको जीवन परिवर्तन हुनसक्छन् । तर तपाईंले आफूले सोचेको कुरा पूरा गर्न त्यसमा बानी भने बसाल्नुपर्छ । एकपटक छोडेपछि त्यो पुनः नदोहोराउनुहोस् । यदि तपाईं केही कुरालाई नष्ट गर्दै हुनुहुन्छ भने त्यसलाई सधैंका लागि समाप्त गर्नुहोस् ।

२. एक राम्रो कुराको सुरुवातः

जीवनलाई ध्यान दिएर हेरेर यो निश्चित गर्नुहोस् कि त्यसमा कुन कुरा परिवर्तन गर्न सकिन्छ । आफूलाई बोध भएपछि यसलाई जीवनबाट सधैंका लागि हटाउने वा लागू गर्ने कोसिस गर्नुहोस् । जस्तै ‘म हरेक पटक खाना खानुभन्दा १० सेकेन्ड अघि यो खानाका लागि आभार प्रकट गर्नेछु जुन मेरो बानी बन्ने तयारीमा छ वा जब म कुनै अनिवार्य तत्व जस्तै माटो, जल, वायु र अन्य कुराको प्रयोग गर्छु तब म त्यसको एक प्रतिशत बचत गर्नेछु ।’ यी स–साना कुराले तपाईंको जीवन परिवर्तन गर्नेछ र तपाईंलाई एक भिन्न व्यक्तित्व प्रदान गर्नेछ ।

३. एउटा कुरा याद गर्नुहोस्ः

हरेक व्यक्तिले एउटा याद गर्नुपर्ने कुरा के हो भने तपाईं नश्वर हुनुहुन्छ ।  मानिसहरुले यो कुरा बुझ्न पूरा जीवन नै व्यतित गर्छन् । जीवनको हरेक क्षणको उत्सव मनाउनुपर्छ र त्यसको आनन्द उठाउनु पर्छ किनभने जीवनले तपाईंलाई एक पलका लागि पनि प्रतिक्षा गर्न सक्दैन । त्यसकारण यो जीवनमा कुण्ठा, तनाव, रिस वा कुनै पनि प्रकारको अप्रिय घटनाका लागि समय छैन । हरेक पलको आनन्द लिँदै जीवन जिउनुहोस् ।

४. प्रेमले भरिपूर्ण हुनुहोस्ः

जब तपाईं आफूभित्र प्रेमले भरिपूर्ण हुनुहुन्छ तब तपाईंलाई खुसी मिल्छ । त्यसकारण सबैसँग प्रेमपूर्वक पेश हुनुहोस् । प्रेमपूर्ण संसार बनाएर तपाईं अरु कसैका लागि कल्याण गरिरहनुभएको छैन । यो बाँच्नका लागि बुद्धिमानी तरिका हो । संसारलाई प्रेमपूर्ण बनाउनका लागि तपाईंले खासै धेरै काम गर्नुपर्दैन, जे जति गर्नुहुन्छ त्यसबाटै प्रेमले युक्त संसार बनाउन सक्नुहुन्छ ।

५. खुसी बन्धकी नराख्नुहोस्ः

धेरैजसो मानिसहरुले आफ्नो जीवनको खुसी, शान्ति र प्रेमलाई बाहिरी स्थितीसमक्ष  बन्धकी राख्नुहुन्छ । जब स्टक मार्केट माथि पुग्छ तब तपाईं अत्यधिक खुसी हुनुहुन्छ भने तल झर्दा तपाईं अत्यधिक दुःखी हुनुहुन्छ । संसारमा खुसी भएर बाँच्ने हाम्रो क्षमता घरको आकारप्रकारमा निर्भर हुँदैन । जीवनको वास्तविक गुण त तपाईं भित्री रुपमा कस्तो हुनुहुन्छ, त्यसमा निर्भर हुन्छ । मानिसहरुले सधैं आफू भित्रैबाटै खुसी हुने प्रयास गर्नुपर्छ, खुसी हुनका लागि कुनै कारण वा मौकाको खोजी गर्न आवश्यक नै छैन ।

६. जे कुरा जस्तो छ, त्यसलाई त्यसरी नै हेर्नुहोस्ः

तपाईं सधैं एउटा कुरालाई राम्रो र अर्कोलाई खराब देख्नुहुन्छ । यस्तो तरिका पक्कै पनि ठिक होइन । जे कुरा जस्तो हो, त्यसलाई त्यही रुपमा हेर्न सक्षम हुनुपर्छ । यदि तपाईं कुनै कुरा जे छ त्यो भन्दा भिन्न देख्नुहुन्छ भने यसको अर्थ यो हुन्छ कि तपाईं आफ्नो धारणा र पूर्वाग्रहले संसारलाई दुषित बनाउने कोसिस गरिरहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय