jQuery(document).ready(function($){ //
});

इंग्लिस क्लब चेल्सी युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गत राति समूह चरणको अन्तिम खेलमा फ्रेन्च क्लब लिलेमाथि २–१ को जित निकाल्दै चेल्सीले अन्तिम १६ मा स्थान बनाएको हो ।

आफ्नो घर स्टामफोर्ड ब्रीजमा भएको खेलमा चेल्सीलाई जिताउन टमी अब्राहम र केसारले गोल गरे । घरेलु टोली चेल्सीका लागि खेलको १९औं मिनेटमा अब्राहमले गोल गरेरका थिए । त्यसपछि खेलको ३५औं मिनेटमा केसारले गोल गरेर चेल्सीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

केही रोमाञ्चक बनेको दोस्रो हाफमा पाहुना टोली लिलेले १ गोल फर्कायो । खेलको ७८औं मिनेटमा लोइक रेमीले गोल गरे पनि टिमको हार टार्न सकेनन् । र, खेल चेल्सीले २–१ ले जित्यो ।

यो जितपछि चेल्सी ११ अंकसहित समूह ‘एच’को उपविजेता बनेर अन्तिम १६ मा पुग्यो । यता, सोही समूहबाट स्पेनिस क्लब भ्यालेन्सिया डच क्लब आयाक्सलाई उसकै घरमा ०–१ ले हराएर अन्तिम १६ मा पुग्यो । आयाक्स गत सिजन सेमिफाइनल खेलेको टोली हो । तर, यसपटक उसले समूह चरण नै पार गर्न सकेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय