
पूर्व युवराज पारस शाह र युट्युबर तथा मोडल सोनीका रोकायाको सम्बन्धको बारेमा सामाजिक सन्जालमा धेरै थरिका गसिपहरु बने । सोनीकासंग पोखरा देखि मनाङ्गसम्म घुमेर फर्केका पारस शाहले आफ्नो र सोनीकाको सम्बन्ध बारे बोलेका छन् ।
सोनीकाले भिडियो ब्लगमा पोष्ट गरेको नयाँ भिडियोमा पारस शाहले फेवा तालमा डुंगा खियाउदै सोनीकासंगको सम्बन्ध बारे आफ्नो धारणा व्यक्त गरेका छन् । सोनिकाले आफै पारस शाहलाई हाम्रो सम्बन्ध बारे धेरै थरिका हल्ला चलेको हुँदा प्रष्टाउन भनेपछि पारसले भने: “हाम्रो सम्बन्ध भगवान जाने । अब हल्ला त ३० वर्ष देखि सहिरहेको छु वास्ता लाग्दैन ।”
पारस शाह र सोनीकाको घुमघामको भिडियोहरु बाहिरिदा सामाजिक सन्जालमा यो निकटतालाई धेरै कोणबाट नियाल्दै आ-आफ्नो धारणा व्यक्त गर्न थालेका छन् । सोनीका र पारसको निकटताले गर्दा निर्मलनिवाससम्म हल्लिएको भन्ने कुराहरु समेत बाहिरिएको छ । साथै पारस शाह अब हिमानीसंग छुटिन समेत लागेको भन्ने गसिपहरु पनि सामाजिक सन्जालमा फैलिन थालेपछि सोनीका रोकायाले पारस शाहलाई कुरा प्रष्टाउन आग्रह गरेकी हुन् ।
पारस शाहले सोनीकाको सम्बन्ध बारेमा बोल्दै गर्दा आफुलाई मिडियामा आएका हल्लाहरुले ३० वर्षदेखि सताएको कुरा पनि उल्लेख गरेका छन् । हाम्रो समाजमा नैतिक शिक्षाको कमीको कारण देशमा शान्ति नभएको धारणा समेत व्यक्त गरेका छन् । पारस शाह अहिले पोखरा आसपास आफ्नो निजी जीवन बिताउदै आईरहेका छन् ।