jQuery(document).ready(function($){ //
});

जारी सिजन युरोपियन च्याम्पियन्स लिग फुटबलमा समूह चरणका सबै खेल सकिएर अन्तिम १६ को समीकरण पूरा भएको छ । गत राति अन्तिम दिनका खेलबाट इटालियन इट्लान्टा र एथ्लेटिको मड्रिडले नकआउट चरणमा स्थान तय गरेसँगै अन्तिम १६ मा जाने १६ वटै टोलीको टुंगो लागेको हो ।

अब अन्तिम १६ का खेलका लागि युइएफएले ड्र सार्वजनिक गरेपछि फेब्रुअरी महिनाबाट पुनः प्रतियोगिता सुरु हुनेछ । अन्तिम १६ मा कुन टोलीले को प्रतिस्पर्धी पाउलान् ? यसबारे अहिले धेरैको चासो छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

अन्तिम १६ मा पुग्ने सबै टोलीको टुंगो लागेसँगै सम्भावित ड्रको दृश्य देखिएको छ । यहाँ यसबारे चर्चा गरिएको छ । त्यसअघि अन्तिम १६ को ड्र गर्दा लागू हुने प्रमुख सर्तहरू यस्ता छन् :

– समूह चरणमा आफ्नो समूहको विजेता बनेको टिमले अन्तिम १६ मा अर्को कुनै समूहको उपविजेता टोली प्रतिस्पर्धी पाउनेछ । त्यस्तै, समूह चरणमा आफ्नो समूहको उपविजेता बनेको टिमले अन्तिम १६ मा अर्को कुनै टिमको विजेता टोली प्रतिस्पर्धी पाउनेछ ।

– समूह चरणमा आफ्नै समूहमा भएको विजेता वा उपविजेता टोलीसँग अन्तिम १६ मा खेल्नु पर्दैन ।

– अन्तिम १६ मा एकै देशका दुई क्लबले पनि खेल्नु पर्दैन । जस्तो– स्पेनको बार्सिलोनाले एथ्लेटिको मड्रिड, रियल मड्रिड वा भ्यालेन्सियासँग खेल्नु पर्दैन ।

यी हुन् अन्तिम १६ मा जाने टिम

समूह ए – पिएसजी (विजेता), रियल मड्रिड (उपविजेता)

समूह बी – बार्यन म्युनिख (विजेता), टोटनह्याम (उपविजेता)

समूह सी – म्यानचेस्टर सिटी (विजेता), एट्लान्टा (उपविजेता)

समूह डी – युभेन्टस (विजेता), एथ्लेटिको मड्रिड (उपविजेता)

समूह ई – लिभरपुल (विजेता), नापोली (उपविजेता)

समूह एफ – बार्सिलोना (विजेता), बोरुसिया डर्टमुन्ड (उपविजेता

समूह जी – आरबी लेइपजिग (विजेता), लियोन (उपविजेता)

समूह एच – भ्यालेन्सिया (विजेता), चेल्सी (उपविजेता)

सम्भावित ड्र : कसको डिभन्त कोसँग ?

पिएसजी – टोटनह्याम, एट्लान्टा, नापोली, बोरुसिया डर्टमुन्ड, चेल्सीमध्ये एकसँग ।

रियल मड्रिड – म्यानचेस्टर सिटी, युभेन्टस, लिभरपुल, आरबी लेइपजिगमध्ये एकसँग ।

बार्यन म्युनिख – रियल मड्रिड, एट्लान्टा, एथ्लेटिको मड्रिड, नापोली, लियोन, चेल्सीमध्ये एकसँग ।

टोटनह्याम – पिएसजी, युभेन्टस, बार्सिलोना, आरबी लेइपजिग, भ्यालेन्सियामध्ये एकसँग ।

म्यानचेस्टर सिटी – रियल मड्रिड, एथ्लेटिको मड्रिड, नापोली, बोरुसिया डर्टमुन्ड, लियोनमध्ये एकसँग ।

एट्लान्टा – पिएसजी, बार्यन म्युनिख, लिभरपुल, बार्सिलोना, आरबी लेइपजिग, भ्यालेन्सियामध्ये एकसँग ।

युभेन्टस – रियल मड्रिड, टोटनह्याम, बोरुसिया डर्टमुन्ड, लियोन, चेल्सीमध्ये एकसँग ।

एथ्लेटिको मड्रिड – पिएसजी, बार्यन म्युनिख, म्यानचेस्टर सिटी, लिभरपुल, आरबी लेइपजिगमध्ये एकसँग ।

लिभरपुल – रियल मड्रिड, एट्लान्टा, एथ्लेटिको मड्रिड, बोरुसिया डर्टमुन्ड, लियोनमध्ये एकसँग ।

नापोली – पिएसजी, बार्यन म्युनिख, म्यानचेस्टर सिटी, बार्सिलोना, आरबी लेइपजिग, भ्यालेन्सियामध्ये एकसँग ।

बार्सिलोना – टोटनह्याम, एट्लान्टा, नापोली, लियोन, चेल्सीमध्ये एकसँग ।

बोरुसिया डर्टमुन्ड – पिएसजी, म्यानचेस्टर सिटी, युभेन्टस, लिभरपुल, भ्यालेन्सियामध्ये एकसँग ।

आरबी लेइपजिग – रियल मड्रिड, टोटनह्याम, एट्लान्टा, एथ्लेटिको मड्रिड, नापोली, चेल्सी मध्ये एकसँग ।

लियोन – बार्यन म्युनिख, म्यानचेस्टर सिटी, युभेन्टस, लिभरपुल, बार्सिलोना, भ्यालेन्सियामध्ये एकसँग ।

भ्यालेन्सिया – टोटनह्याम, एट्लान्टा, नापोली, बोरुसिया डर्टमुन्ड, लियोनमध्ये एकसँग ।

चेल्सी – पिएसजी, बार्यन म्युनिख, युभेन्टस, बार्सिलोना, आरबी लेइपजिगमध्ये एकसँग ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय