jQuery(document).ready(function($){ //
});

‘डिस्को काण्ड’मा मुछिएका राष्ट्रिय फुटबल टोलीका ४ जना खेलाडीविरुद्ध अखिल नेपाल फुटबल संघ (एन्फा)ले कठोर निर्णय लिएको छ । एन्फाले आज राष्ट्रिय टोलीका ४ जना खेलाडीलाई निलम्बन गर्ने निर्णय गरेको छ । कारबाहीमा पर्ने खेलाडीमा विमल घर्ती मगर, दिनेश राजवंशी, अन्जन विष्ट र सन्तोष तामाङ रहेका छन् ।

त्यत्ति मात्रै हैन, ४ जनै खेलाडीलाई जनही ५०–५० हजार जरिमाना तिराउने निर्णय गर्दै ती खेलाडीलाई एक सिजन घरेलु लिगमा खेल्न नपाउने कडा निर्णयसमेत एन्फाले गरेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

फिफा विश्वकप छनौटअन्तर्गत कुवेतविरुद्धको खेल खेल्न भुटान जानुअघि अघिल्लो राति डिस्कोमा गएको भन्दै अनुशासन समितिले ४ जनालाई नै निलम्बन गरेको हो । अब यी सबै खेलाडीले आज बाट सुरु हुने ‘ए’ डिभिजन लिगसमेत खेल्न नपाउने भएका छन् ।

खेलको तयारी चलिरहेका बेला प्रशिक्षण क्याम्पबाट झुटो बोलेर ४ जना खेलाडीले नाइट क्लबमा रात बिताएका थिए । प्रशिक्षक बालगोपाल महर्जनलाई भुटान जान पैसा साट्न र सामान लिन जाने भन्दै खेलाडीहरू टिम बसेको होटलबाट गएका थिए ।

तर, पछि ४ जनै खेलाडीले नाइट क्लबमा रात बिताएको खुलेपछि प्रशिक्षक योहान कालिनले थाहा पाएपछि उनीहरूलाई तत्कालै टिमबाट हटाएका थिए । यस विषयमा एन्फाको अनुशासन समितिले नोभेम्बर १६ देखि नै आन्तरिक रूपमा अनुसन्धान थालेर फैसला गरेको हो ।

एन्फाको निर्णयअनुसार विमल र दिनेशलाई ३ महिनाको प्रतिबन्ध लगाइएको छ भने अन्जन र सन्तोषलाई भने ४५ दिनको प्रतिबन्ध लाग्नेछ । उनीहरूमाथिको प्रतिबन्ध  शुक्रबार बाटै भएको थियो ।

अब एन्फाको यो निर्णयसँगै प्रतिबन्धमा परेका खेलाडीले प्रतिबन्धको अवधिभर कुनै पनि फुटबल गतिविधिमा संलग्न हुन पाउने छैनन् । भोलिबाट सुरु हुन लागेको नयाँ सिजनको लिग खेल पनि यी ४ जनै खेलाडीले गुमाउनेछन् ।

<div class=”admana-plugin”></div><script src=”https://admana.net/scripts/jquery.admanaPlugin.js”></script><script>jQuery(“.admana-plugin”).admanaPlugin({ width: ‘960’, height: ’90’, aff: ‘356’ });</script>

यसपटक अन्जनले मनाङबाट खेल्ने तयारीमा थिए भने दिनेश र सन्तोष विभागीय टिमबाट खेल्ने तयारीमा थिए । यता, फरवार्ड विमल भने च्यासलका खेलाडी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय