
साडि चोलि चिच्याइ रैछ दिन-दिन दौरा र सुरुवाल पनि
टोपि रोइरैछ मुर्छित हुदै अत्यन्त ब्याकुल बनि
हाम्रो पैरनले चिनाउथ्यो सधै नेपालि नेपालको
टोपि उच्च हिमालको प्रतिकझै झल्कन्थ्यो नेपालिको
[the_ad id=”1194″]
जुन टोपि सिरको नेपालि वीरको यो देशको सानथ्यो
टोपिको पहिचान विश्वभरमा नेपालीको मानथ्यो
हराए ईसबै किन विलयभो छाडेर आफ्नो पन
पराईको फेसन सिको सिकिलिइ आन्नद मान्छन किन
[the_ad id=”1196″]
आफ्नो संस्कृति पन चटक्क बिचमा छाडेर विदेशीको
छाडे आफ्नो अमुल्य पैरनहरु लिई विदेशी सिको
जाडो गर्मी बचाई लाजसबको पैरी शरीरमा बसी
श्रृंगार युक्त भई नेपाली दिलमा बस्थ्यौँ पल्यॉटि कसी
[the_ad id=”1194″]
आयो आँधि उडाई डगमग भयो भुकम्प एक साथमा
भेलबाडि अनि बर्सिएर असीना नेपाली को माथमा
चोटमाथि अझ चोट थपिहरणभो नेपालीको पैरन
डुविलोप हुनेछ त्यो कितपछि सक्ला कतै तैरन
[the_ad id=”1196″]
दौरा सुरुवाल साडि चोलि हरु यी लाउदैनन् रे कोई जन
यिन्को ठाँउहटि विदेशी हरुको आई सक्यो पैरन
दौरा सुरुवाल साडि चोलि हरुले धेरै गुनासो गरे
टोपि लाउदा पाखे हुने डर भई छडि दिएको अरे
दौरा सूरूवाल साडि चोलि हरु ई छाडेर जान्छन अरे
मान सम्मान हुदैन ईज्जत भने के बस्नु भन्छन अरे
फकाई कन राखौंलाौ ईनिहरु आफ्ना सबै पैरन
पैरन विदेशीको सिको सिकीलिदा पर्ला पछि हैरान
जन्मेलान पछि देशभक्त सुरविर ज्ञानि गुणि कोहि जन
खोजि ल्याई लगाई रक्षा गरलान आफ्ना सबै पैरन
पैरन आज हटेर संस्कृति पनि हट्नेछ भोली तिर
पर्सी देश पनि हटनलाई कुनबेर लाग्दैछ मन्मा पिर
पैरन लगाई पुर्खा हरुले तिस्टा अनि काङ्गडा
दक्षिण भारत लंका सम्म ईनले यो देश राखेथे खडा
दौरा सुरुवाल साडि चोलि खुकुरी खुर्पा हरु भीर्दथे
हिड्थे सान र मानले परिगए वैरीहरु चिर्दथे
पैरन हट्यो अनि भुमि हट्यो नेपालीको मान हट्यो
विशाल देश अरे नेपाल अहिले खै कसता हिसाबले घट्यो
बाँकि देश पनि कुटुकुटु हुदै घट्दोछ सुस्ता तिर
सिंगो देश बुझाउनु पर्छ पछिका नयाँ ई पुस्ता तिर
तिन्कै सन्तति हरु हामी सबले चटक्क छाडि दिदा
नेपाली पहिचान पैरन हरु लिई रहनेछन विदा
यो सन्देश पढि सबै कन फुरोस देशभक्तिको भावना
आफ्नो राष्ट्रियता प्रति सब जुटौँ मेरो यहि कामना