jQuery(document).ready(function($){ //
});

टेक कम्पनी गुगलले क्रोम ब्राउजरको नयाँ भर्सन सार्वजनिक गरेको छ । विन्डोज, म्याक, लिनक्स, क्रोम ओएस, एन्ड्रोइडसमेतका लागि ल्याइएको ‘क्रोम ७९’ का पासवर्ड सुरक्षासहित थप फिचर ल्याएको छ ।

पछिल्लो समयमा इन्टरनेटमा लिंक पठाउने र लिंक क्लीक गर्नेको डाटा चोरी गर्ने ह्याकरहरुको जगजगी बढिरहँदा क्रोमले यस्तो समस्याको समाधान पनि ब्राउजरमा ल्याएको छ । ‘फिसिङ लिङ्क’ भनिने यस्ता लिंकलाई इन्टरनेटमा फिजाएका एक प्रकारको जाल नै मानिन्छ । जसको जालमा इन्टरनेट प्रयोगकर्ता फस्न सक्छन् । प्रयोगकर्तालाई झुक्याएर साइबर हमलाकारीले जोखिमपुर्ण लिङ्क क्लिक गर्न र लगिन प्रमाणहरु राख्न लगाई युजरनेम तथा पासवर्ड चोरी गर्छन् । अब गुगलले यस्तो लिंकलाई पहिचान गरि सम्भावित पासवर्ड चोरीको जानकारी प्रयोगकर्तालाई दिनेछ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

फिसिङ लिङ्क इमेलमा मात्रै नभएर च्याट एपमा म्यासेजेको रुपमा र कतिपय जोखिमपुर्ण विज्ञापनमार्फत समेत आइरहेका हुन्छन् । फिसिंग लिंकबाट सुरक्षाको व्यवस्था नयाँ भने हैन । गुगलले क्रोमको सेफ ब्राउजिङ मोडमा यस्तो किसिमको सुरक्षा यस अघिदेखि राखिसकेको छ । अब भने क्रोम ब्राउजरमा इन्बिल्ड नै यो फिचर राखिएको हो । गुगलको यो फिचर उपयोग गर्न क्रोमको सेटिङमा रहेको ‘मेक सर्चेज एण्ड ब्राउजिङ बेटर’ मा गएर यो फिचर इनेबल गर्न सकिन्छ ।

क्रोमको नयाँ भर्सनमा ट्याव फ्रिजिङ लगाएतका फिचर थपेको छ । यो फिचर अन्तर्गत पाँच मिनेटसम्म कुनै ट्याव चलाइएन भने आफै स्थिर भएर बस्नेछ । यद्यपी आफैले इनेबल गरेपछि मात्र यो लागू हुनेछ । यसका साथै प्रोफाइल फिचरमा पनि थोरै परिवर्तन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय