jQuery(document).ready(function($){ //
});

पछिल्लो साढे तीन वर्षको अवधिमा नेपालमा ६३ हजार २६८ वटा सडक दुर्घटना रेकर्ड भएका छन् ।  नेपाल प्रहरीकाे तथ्यांकअनुसार ती दुर्घटनामा सात हजार ५५३ जनाको मृत्यु भएको छ । यस अवधिमा दुर्घटनामा परी गम्भीर घाइते हुनेको संख्या २२ हजार ५६७ रहेको छ । 

बितेका साढे १० वर्ष (आर्थिक वर्ष २०६८-६९ देखि २०७८-७९ माघ मसान्तसम्म)मा सडक दुर्घटनामा परी नेपालमा २३ हजार ११२ जनाको मृत्यु भएको छ । पछिल्लो साढे १० वर्षको तथ्यांकलाई हेर्दा नेपालमा प्रत्येक महिना औसतमा १८१.९८ जनाको मृत्युको कारण सडक दुर्घटना बनेको छ । अर्थात् औसतमा प्रत्येक दिन नेपालमा ६ जनाको मृत्यु सडक दुर्घटनामा परी हुने गरेको छ । 

eHatiya

कहाँ हुन्छ बढी दुर्घटना ? 

चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा देशभर १३ हजार ७०३ वटा सवारी दुर्घटनाका घटना रेकर्ड भएका छन् । २०७८ साउनदेखि माघ मसान्तसम्मको अवधिमा ती दुर्घटना भएका हुन् । 

नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो सात महिनामा काठमाडौं उपत्यकामा ६ हजार २१, प्रदेश १ मा दुई हजार १७८, मधेश प्रदेशमा तीन हजार ४९, बागमती प्रदेशमा  (काठमाडौं उपत्यका बाहेक) ९८०, गण्डकी प्रदेशमा २४०, लुम्बिनी प्रदेशमा ६७०, कर्णाली प्रदेशमा २३८ र सुदूरपश्चिम प्रदेशमा ३२७ वटा दुर्घटना भएका छन् । 

कहाँ जान्छ सबैभन्दा बढीको ज्यान ? 

चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा सबैभन्दा बढी सवारीसाधन दुर्घटना बागमती प्रदेशमा भए पनि दुर्घटनामा ज्यान गुमाउनेको सबैभन्दा ठूलो संख्या भने मधेश प्रदेशमा रहेको छ । सो अवधिमा सवारी दुर्घटनामा परी काठमाडौं उपत्यकामा ९३, प्रदेश १ मा ३०१, मधेस प्रदेशमा ३३९, बागमती प्रदेशमा (काठमाडौं उपत्यकाबाहेक) २२३, गण्डकी प्रदेशमा १४४, लुम्बिनी प्रदेशमा ३०४, कर्णाली प्रदेशमा १२२ र सुदूरपश्चिम प्रदेशमा ११२ जनाले ज्यान गुमाएका छन् । 

कुन सवारी साधन पर्छ सबैभन्दा बढी दुर्घटनामा ? 

चालू आर्थिक वर्षको सुरुवाती सात महिनामा सबैभन्दा बढी दुर्घटनामा पर्ने सवारीसाधनमा मोटरसाइकल रहेको प्रहरीको तथ्यांकले देखाउँछ । यो अवधिमा दुर्घटनामा पर्ने सवारीसाधनमा ११ हजार २६७ वटा मोटरसाइकल, एक हजार ३७५ ट्रक तथा ट्यांकर, ४१९ वटा टिपर, ४० वटा डोजर, लोडर र एक्स्काभेटर, एक हजार ४३६ वटा बस, २१८ वटा माइक्रो, पाँच हजार ९४ जिप तथा कार, ५४६ वटा ट्रयाक्टर, ६८० टेम्पो र बाँकी अन्य सवारीसाधन छन् । 

कुन समयमा हुन्छ बढी दुर्घटना ? 

प्रहरीको तथ्यांकअनुसार नेपालमा सबैभन्दा बढी सवारी दुर्घटना मध्यान्ह १२ देखि साँझ ६ बजेसम्मको अवधिमा हुने गरेको देखिन्छ । चालू आर्थिक वर्षको पहिलो सात महिनामा देशभर मध्यान्ह १२ देखि साँझ ६ बजेसम्मको अवधिमा पाँच हजार ४३६ वटा सवारी दुर्घटना भएका छन् । प्रहरीका अनुसार सो अवधिमा बिहान ६ देखि मध्यान्ह १२ बजेसम्म ३ हजार १८०, साँझ ६ देखि राति १२ बजेसम्मको समयमा चार हजार ४६३ र राति १२ देखि बिहान ६ बजेसम्मकाे समयमा ६२० वटा दुर्घटना भएका छन् । 

कसरी न्यूनीकरण गर्ने:

  • ट्राफिक सम्बन्धी जनचेतना बढाउने ।
  • ट्राफिकले समाउँछ भनेर मात्र हैन आफ्नु सुरक्षाको लागि हेल्मेटको प्रयोग गर्ने।
  • भाडाका सवारीसाधन, निजी सवारीसाधन, टिपरलगायतका सवारीसाधनलाई छुट्टाछुट्टै नियम बनाउने।
  • जरिवाना बढाउने।
  • सवारी साधनलाई कन्डिसनमा राख्ने।
  • तिव्र गतिमा सवारी नचलाउने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO