jQuery(document).ready(function($){ //
});

काठमाडौं । कास्की २ बाट सांसद पदको लागि उपनिर्वाचनबाट निर्वाचित भएकी विद्या भट्टराई अधिकारीले मंगलबार पद तथा गोपनीयताको शपथ लिने भएकी छिन् ।

उनलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसदको कृषि तथा प्राकृतिक स्रोत साधन समितिको सभाहलमा बिहान ११ बजे शपथ ग्रहण गर्नेछिन्।

RAWA Hills Town Property

RAWA Hills Town Property

सभामुख नभएको अवस्थामा उपसभामुख तुम्बाहाम्फेले विद्यालाई सपथ ग्रहण गराउन लागेकी हुन् । संसदका सदस्यलाई सभामुखले शपथग्रहण गराउने व्‍यवस्था छ।

तत्कालिन सांसद तथा साँस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको हेकप्टर दुर्घटनामा निधन भएपछि उनलाई कास्की २ बाट उपनिर्वाचनमा सांसद पदको लागि उम्मेदवार बनाइएको थियो । उनी प्रमुख प्रतिद्वन्दी लाई भारी मतले अन्तर पार्दै सांसद पदको लागि निर्वाचित भएकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय